पत्रकार भट्टराईहत्यामा संलग्नमाथिकारबाही माग
पत्रकारको शंकास्पद मृत्युको घटनालाई गम्भीरतासाथ अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सञ्चारकर्मीले माग गरेका छन् । पत्रकाररामप्रसाद भट्टराई (सचिन) को हत्यामा संलग्नमाथि कारबाही माग गर्दै महासंघउदयपुर शाखा अगुवाइमा सदरमुकाममा प्रदर्शन भएको हो । परिवारलाई क्षतिपूर्तिका साथै पत्रकारको सुरक्षा गर्न उनीहरूले आग्रह गरे। कान्तिपुर दैनिकमा समाचारछ ।
स्थानीय बरुवा टाइम्स दैनिकका उपसम्पादक२६ वर्षीय भट्टराईको ६ दिनअघि सुनसरी इटहरी नगरपालिका २६ आँपगाछीमा हत्यापछि सडककिनारमा शव फालिएको अवस्थामा भेटिएको थियो । चैत १२ गते प्रहरीले बेवारिसे शव भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको हो । पाँच दिनपछि शव भट्टराईको भन्ने थाहा भएको महासंघजिल्ला अध्यक्ष कु शलबाबु बस्नेतले बताए।
प्रहरीले भट्टराईको हत्या विषयमा चासो नदेखाएकाले आन्दोलनमा उत्रन बाध्य भएको बस्नेतले बताए। 'प्रहरीले बेवारिसे अवस्थामा भेटिएका भट्टराईको हत्या हुन नसक्ने भन्दै वास्ता गरेको छैन,' उनले भने, 'तर हत्या नै भएको हो, शवको प्रकृ ति र घटनास्थल हेर्दा सहजै अनुमान गर्न सकिन्छ ।'
यसैबीचपत्रकारहरूको संस्था प्रेस युनियन, प्रेसचौतारी, क्रान्तिकारी पत्रकारसंघ/महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, संघीय प्रेस युनियन, किरात राई पत्रकार संघलगायतले विज्ञप्ति जारी गर्दै भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
महासंघ साधरण सदस्य भट्टराई प्रेस चौतारी उदयपुरका कोषाध्यक्ष हुन् । उनी कामको सिलसिलामा १० गते इटहरी गएका थिए। उनीसँगै गएका मृतकका भान्जा राजन पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook