सरकारले देखाएको व्यवहार हेर्दा जनताको संविधान बन्दैनः बादल
प्रकाशित मिति: 3:46:23 pm, April 04, 2015
काभ्रे, चैत २१ – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा (बादल) ले नेपालमा यथास्थिती र प्रतिगामी तत्वहरु सल्बलाएको जनताको संविधान बन्न नसकेको बताएका छन् । उनले वर्तमान सरकारले देखाएको व्यवहार र अन्य गतिविधीका कारणबाट पनि जनताको संविधान बन्न नसक्ने ठोकुवा गरे ।
शनिबार क्रान्तिकारी पत्रकार संघ काभ्रे शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव बादलले यथास्थिति र प्रतिगामी तत्वहरुलाई सल्बलाउनबाट ठीक नपारेसम्म जनताको संविधान बन्न नसक्ने समेत बताए ।
आफूहरुलाई संविधानसभा बाहिरै राखेर संविधान निर्माण गरेको खण्डमा जनविद्रोह हुने चेतावनी दिएका हुन् । दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको समयदेखि नेपालमा यथास्थिती र प्रतिगामी तत्वहरु हाबी भएको भन्दै थापाले निरन्तर अघि बढिरहेको प्रतिगामी शक्तिहरुले उत्पन्न गराएको संकट समाधान गर्नुपर्ने बताए ।
ram bahadur thapa badal
उनले यो संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने बताउँदै जनताको संविधानको लागि सर्वपक्षीय भेलाको आवश्यकता रहेको औल्याए ।
“यो संविधानसभाबाट दलाल, प्रतिगामी र यथास्थितीवादीहरुको मात्रै संविधान बन्न सक्छ” बादलले भने जनजाति, मधेशी, दलित लगायतका वर्गहरुको संविधान बन्नका लागि उत्कर्षको आन्दोलन जरुरी छ ।
उनले दोस्रो संविधानसभा निर्वाचन प्रक्रिया नै गलत भएको भन्दै आफूहरु कुनै पनि हालतमा संविधान सभामा नजाने ठोकुवा गरे । उनले सर्वपक्षीय भेलाबाट नै समस्याको समाधान गर्नुपर्ने बताउँदै आफूहरुलाई सरकारले बेवास्ता गरे उत्कर्षको आन्दोलन हुने समेत बताए ।
यसैबीच महासचिव बादलले तत्काल एमाओवादीसँग एकता असम्भव रहेको बताएका छन् । एमाओवादी लगायत अन्य माओवादीसँग एकताको लागि पहल भइरहेको भन्दै उनले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनले आपूmहरु एकता नजिक पुगेको जनाउँदै एकताको लागि पहल जारी रहेको औल्याए । उनले माओवादी आन्दोलन पुनर्सगंठित र एकताको लागि कार्यगत एकता भइसकेको भन्दै आफूहरु स्वतन्त्र रुपमा समेत एकताको लागि पहल गरिरहेको जनाए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook