निजी विद्यालयको शुल्क वृद्धि अनुगमन गरिने
08 Apr 2015 | 14:50pm बुधबार २५चैत्र, २०७१
काठमाडौं– निजी विद्यालयले आफु खुसी शुल्कवृद्धि गरेको तथा सामुदायिक विद्यालयले निःशुल्क शिक्षाको मान्यताविपरीत शुल्क लिएको भन्ने गुनासोका सम्बन्धमा शिक्षा विभागले नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै अनुगमन गर्ने भएको छ।
शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले आज अनेरास्ववियु(क्रान्तिकारी) को ज्ञापनपत्र बुझ्दैविद्यमान कानुन र मापदण्डलाई बेवास्ता गरी मनपरी शुल्क बढाउन र शुल्क उठाउन नपाइने बताउँदै अनुगमनबाट त्यस्ता कार्य भएको पाइएमा कारबाहीको आवश्वासन दिए।
ज्ञापनपत्रबुझाउन गएका क्रान्तिकारीका कोषाध्यक्ष लालबहादुर तामाङले सरकारले प्रतिबद्धता गरेअनुसार त्यस्ता विद्यालयलाई कारबाही नगरे आफू हरु पुनः आन्दोलनमा उत्रने चेतावनी दिए। उनले संविधानतः निःशुल्क शिक्षा पाउने हकलाई पनि पालना गराउनु राज्यको दायित्व हो भन्दैविगतमा आफू हरुसँग भएका सहमति पालना गर्न पनि माग गरिएको बताए। रासस

0 comments
प्रतिक्रिया दिनुश
Facebook