हाम्रो समय

पर्यटन बोर्डमा कुन शीर्षकमा कति भ्रष्टाचार?






नेपाल पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीहरुले ३४ करोड ६९ लाख १८ हजार ३ सय ६१ रुपैँया भ्रष्टाचार गरेको ठहर गर्दै शुक्रबार विषेश अदालतमा मुद्दा दायर गरेको छ। बोर्डका पूर्व र वहालवाला पदाधिकारी र कर्मचारी समेत गरि २३ जना विरुद्ध अख्तियारले भ्रष्टाचारको अभियोग लगाएकोे हो।

तर उनीहरुबाट अख्तियारले छुट्टाछुट्टै विगो दाबी  गरेको छ। छुट्टाछुट्टै विगो माग्दा ६९ करोड ७५ लाख २६ हजार ८ सय ५७ रुपैँया पुगेको छ। उनीहरुबाट अख्तियारले विगोबमोजिमको जरिवाना समेत माग गरेको छ।

जसको जति विगो छ त्यति नै जरिवाना तिर्नुपर्ने हुन्छ। यसअनुसार अख्तियारको माग १ अर्व, ३९ करोड ५० लाख, ५३ हजार ७ सय ५० रुपैँया पुग्छ।  अख्तियारले अहिले सम्म दायर गरेको सबैभन्दा ठूलो भ्रष्टाचारको मुद्दा हो यो।

बोर्डमा भएको भ्रष्टाचारमा संलग्न अन्य २९ जनाको नाम समेत अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ। नाम उल्लेख गरेका तर मुद्दा नलगाएका २९ कर्मचारीले दबाबमा आएर अनियमितता गर्ने निर्णयमा हस्ताक्षर गरेको  भेटिएको अख्तियारले जनाएको छ।

उदयराज भट्टराई,नविन पोखरेल,शरद प्रधान,प्रदिप पौडेल,गोविन्दराज वली,मणीराज लामिछाने,सुनिल शर्मा,विमल शर्मा कडेँल,समिर बज्राचार्य, कुन्दन शर्मा,जितेन्द्र भट्टराई,नम्रता श्रेष्ठ,जानकी प्रसाद उपाध्याय,सूर्य थपलिया,सुमन घिमिरे,रोहिणि प्रसाद खनाल, दिपकराज जोशी,सुदन सुवेदी,सन्तोष विक्रम थापा,लेखनाथ भुषाल,श्रद्धा श्रेष्ठ,प्रदिप बस्नेत,खेमराज तिमल्सेना,अर्चना केसी राणा,उज्वला दलि र खङग विक्रम शाह समेतलाई छुट दिन अख्तियारले माग गरेको छ।

प्रतिवादी२३ जनामध्ये कसैले वयानका क्रममा मुछ्न सक्ने भएकोले छुट दिन माग गरिएको हो।उनीहरुले अख्तियारलाई अनुसन्धानको बेलामा सहयोग पुर्‍याएको भन्दै उनीहरुलाई सरकारी साक्षीको रुपमा समेत प्रस्तुत गरेको छ।

दशमहिना लगाएर गरिएको अनुसन्धानबाट अख्तियारले भ्रष्टाचारका अनेक शीर्षक पत्ता लगाएको छ।
 अख्तियारले विभिन्न शिर्षकमा भएका भ्रष्टाचारहरुको विवरण यसरी प्रस्तुत गरेको छः


0 comments

प्रतिक्रिया दिनुश

Facebook