रौतहटको बडहर्वा पुलमा प्रहरी र प्रदर्शनकारीबीच झडप, छ घाइते
रौतहट, चैत २०
गौर नगरपालिकास्थित बडहर्वा पुलमा रहेको प्रहरी विटलाई आन्दोलनकारीले तोडफोड गर्ने क्रममा प्रहरी प्रदर्शनकारीविच झडप भएको छ । झडपको क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ तीन- तीनजना घाइते भएका छन् ।
प्रदर्शनकारी पूर्व सभासद् बवन सिंह, विद्यानन्द राय यादव र राजेश साह घाइते भएका छन् भने प्रहरीतर्फ प्रहरी जवान वीरेन्द्रराय यादव, रामनिवास राययादव र विश्वराज ढकाल छन् ।
बन्द हडताल नगर्ने यसअघिको निर्णय उल्ट्याउँदै रौतहट उद्योग वाणिज्य सङ्घले गौरमा आमहडताल जारी राखेको छ । विरोध प्रदर्शनका कारण सदरमुकाम गौर चल्ने वीरेन्द्र राजमार्ग आसपासका क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् भने व्यापार व्यवसायसमेत प्रभावित हुँदै आएका छन् ।
मालपोत र नापी कार्यालयको सेवा केन्द्र चन्द्रनिगाहपुरमा सञ्चालन गर्ने सरकारी निर्णयविरुद्ध रौतहट उद्योग वाणिज्य सङ्घको आह्वानमा विभिन्न दलका कार्यकर्ताले आन्दोलन गर्दै आएका छन् ।
सरकारी कार्यालय बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच आज गौर नगरपालिकाका विभिन्न स्थानमा झडपसमेत भएको थियो
0 comments
प्रतिक्रिया दिनुश
Facebook