विश्वको सबैभन्दा जेठी महिलाको ११७ वर्षको उमेरमा निधन
01 Apr 2015 | 17:23pm
बुधबार १८ चैत्र, २०७१
विश्वको सबैभन्दा जेठी महिलाको ११७ वर्षको उमेरमा निधन
जापान–विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको निधन भएको छ। जापानकी मिसाओ ओकावाको बुधबार १ सय १७ वर्षको उमेरमा निधन भएको हो। उनको निधन ओसाकाको एक नसिंङ होममा भएको हो। उनको जन्म ५ मार्च १८९८ मा ओसाकामा भएको थियो। उनका दुई छोरी, एक छोरा चार नातिनातिनी र ६ जना पनाति पनातिनी छन्।
बीबीसीका अनुसार विश्वकै सबैभन्दा धेरै उमेर भएकी जिवित महिलाको रुपमा २०१३ मा उनको पहिचान भएको थियो। मिसाओ ओकावाले अघिल्लो महिना आफ्नो जन्म दिन मनाएकी थिइन। सो अवसरमा उनले ११७ वर्ष आफूलाई त्यति लामो नलागेको बताएकी थिइन। उनको जन्मदिनको प्रसारण जापानको राष्ट्रिय टेलिभिजनबाट गरिएको थियो। उनले घटीमा पनि आठ घण्टा सुत्नु, राम्रोसँग निदाउनु र मनपर्ने खानेकुरा खाएका कारण लामो समयसम्म बाँच्न सकेको बताएकी थिइन।
आकावाको जन्म जापानको परम्परागत पोशाक बनाउने एक परिवारमा भएको थियो। उनको विवाह युकिओसँग १९१९मा भएको थियो। उनको पतिको १९३१ मा निधन भएको थियो। आफ्नो जीवनकालमा ओकावाले जापानमा चार राजा, वेलायतमा ६ राजा र अमेरिकामा २० राष्ट्रपतिको कार्यकाल देखिन। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सबैभन्दा धेरै समयसम्म बाँच्ने रेकर्ड फ्रान्सका जेम्स केलमेन्टको नाममा छ। उनी १ सय २२ वर्ष १६४ दिनसम्म बाँचेका थिए। उनको निधन अगस्त १९९७ मा भएको थियो।
0 comments
प्रतिक्रिया दिनुश
Facebook