फुटपाथ समस्या समाधान होला?
वर्षा हुने वितिकै राजधानीका मुख्य सडकहरु पानीको भेलले जलाम्य हुने गर्छन् र ट्राफिक व्यवस्थापननै संकटमा पर्नेगरेको तथ्य हाम्रो सामु छर्लङ्नै भैसकेको छ तर समाधान गडर्नेचाहीं कस्ले हो?
काठमाडौं लगायत मुलुकका विभिन्न स्थानहरुमा फुटपाथ र ढलको समस्याले गर्दा सहरनै कुरुप हुनपुगेको तथ्य छिप्नसक्दैन्। वर्षात र पानी परेको समयमा शहरका मुख्य सडकहरु पानी जम्न गई खोलाझै हुंदा बाटोमा हिंड्ने बटुवाहरु साह्रै मर्कामा परेका छन् भने सडकमा गुड्ने सवारी साधनहरु जाम हुनपुग्दछन् भने कतिपय गाडीहरु दुर्घटनामा समेत पर्नेगरेका छन्।
पानी परेको बेला तिव्र गतिमा गाडी चलाउंदा सडकको पानी छ्यापी फुटपाथमा हिंड्ने बटुवाहरुलाई लाग्न गई गन्तव्य सम्म पुग्न कठिनाई भर्ईरहेका छन्। सरकारले हालै मात्र सडक विस्तारको क्रममा सडक फुटपाथ मासिएपछि बटुवाहरु झन मर्कामा परेका छन् भने तीनै साघुँरा फुटपाथहरुमा ससाना नाङला व्यापारीहरुका कारण झनै अप्ठेरो पर्न गएको कुरा घाम जस्तै छर्लङ्ग हुँदा समेत सम्बन्धित निकायको ध्यान जानसकिरहेको छैन्।
राजधानी लगायतका साँघुरा फुटपाथहरुमा अपाङ, बृद्धवृद्धा लगायतका बटुवाहरुलाई झनै मर्कामा पर्ने गरेका छन्। सडकमा गुड्ने गाडीहरुको चर्को आवाज र फुटपाथहरुमा ठाउँठाउँमा खाल्डाखुल्डी र भ्वाङ्गहरुले गर्दा बटुवाहरु फस्ने र घाइतेहुने क्रम पनि रोकिएको छैन भने अर्कातिर फुटपाथनै अधिग्रहण गरेर स्थानीय पसलेहरुले पसल संचालन गरिरहेको भेटीन्छन् तर संम्बन्धित निकायको ध्यान जान सकेको छैन्।
सडक सवारी र यात्रुहरु विच तादाम्यता मिलाउने कार्य सरकारको हो तर त्यसो हुन नसक्नु विदम्बनाको कुरा हो। सरकारले सडक विस्तार गर्दा वातावरण मैत्री र यात्रु मैत्री बनाउनु आवश्यक देखिन्छ। फुटपाथमा हिडने यात्रुहरुको अर्को समस्याको रुपमा विजुलीको पोल र त्यसमाथी यत्रतत्र छरिएर रहेका तारहरु र होडीङ्ग बोर्डहरु रहेका छन्। अनावश्यकरुपमा राखीएका का तारहरु र होडीङ्ग बोर्डहरु संम्बन्धित निकायले तुरुन्तै हटाईनुपर्दछ। सरकारले फुटपाथ र सडकहरुको स्तरोन्नती गरिनुपर्दछ , पानीको निकाश राख्नुपर्दछ र वटुवाहरुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण बनाउनुपर्दछ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook