हाम्रो समय

आन्दोलनका नाममा संविधानसभा छाड्नु हुँदैन : गच्छदार



२०७१ चैत्र १८ बुधवार

विराटनगर : मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलनका नाममा संविधान सभा छाड्न नसकिने बताएका छन् । संविधान सभाको बैठक छाडेर जान सकिने तर सभा नै छाड्ने कुरा सोच्नसमेत नसकिने उनले बताए ।

‘बैठक बहिष्कार गर्न सकिन्छ, नजान सकिन्छ तर संविधानसभाबाट राजीनामा दिएर जान सकिन्न्’, विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गच्छदारले भने, ‘नेपाली जनताको त्याग र बलिदानबाट बनेको संविधानसभाबाटै संविधान बनाउनु पर्छ ।’

संविधानसभालाई औचित्यहीन बनाउन नहुने बताउँदै उनले परित्याग गर्ने सोचाई अपरिपक्व  हुने पनि बताए । संविधानसभा छाडेर तीस दलीय गठबन्धन सडकमा जान नसक्ने बताउँदै गच्छदारले हठवादी चिन्तन र आतिवादी सोचले संविधानमा सहमति जुट्न नसकेको बताए ।

‘संविधान बनाउन जिम्मा दिने जनतालाई कुनै हालतमा धोका दिन मिल्दैन’, उनले भने, ‘संविधान जसरी भएपनि ल्याउनु पर्छ ।’

0 comments

प्रतिक्रिया दिनुश

Facebook