ललितपुरमा माइक्रोबस दुर्घटना, ७ घाइते
२०७१ चैत १८ गते १७:२९ मा प्रकाशित
१८ चैत, ललितपुर । ललितपुरको बीएण्डबी अस्पताल अगाडी माइक्रोबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे बा १ ज ९७९२ नम्बरको माइक्रो बस अनियन्त्रित भइ सडकमै पल्टिएको थियो ।
घाइते हुनेहरुमा काठमाडौं जोरपाटीकी यशोदा श्रेष्ठ, चाबहिलकी श्रद्धा पौडेल, तिनकुनेकी गरिमा उप्रेती, सिन्धुपाल्चोक घर भइ हाल काँडाघारी बस्दै आएकी सरीता श्रेष्ठ र उनकी २२ महिने छोरी रुक्साना छन् । यसैगरी ललितपुर हरिसिद्धीकी लक्ष्मी गुरुङ र भक्तपुरकी शर्मिला गोसाईं पनि सोही दुर्घटनामा घाइते भएका छन् ।
घाइते सबैको बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ । सबैको अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
अहिले सो क्षेत्रमा चक्रपथ विस्तारको काम भैरहेको छ । काठमाडौं उपत्यकामा चल्ने सार्बजनिक माइक्रोबसमा क्षमता भन्दा धेरै यात्रु राखेर चलाउँदा पनि दुर्घटना निम्तने गरेको छ । यात्रुहरुको गुनासो आएपछि प्रहरीले क्षमताभन्दा धेरै यात्रु राख्ने सवारी साधनमा आजभोली कडाइ गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook