छोटो लुगाले लामो चर्चा पाएका यी हुन् हट सुन्दरी
छोटो लुगाले लामो चर्चा पाएका यी हुन् हट सुन्दरी नायिका हुनका लागि राम्री हुनैपर्छ भन्ने मान्यता क्रमश छाँयामा पर्न थालेको छ । अनुहार क्युट नभएपनि शरीर बोल्ड छ भने जोसुकैले नायिका भएर चर्चामा आउने अवसर पाउन सक्छन् ।
‘टाइम्स अफ इण्डिया’ त्यस्ता केही नायिकाको सूची तयार पारेको छ जो स्कटमा असाध्यै सेक्सी देखिन्छन् । ‘स्लमडग मिलेनियर’ मा अभिनय गरेर पि|mडा पिन्टोले जति चर्चा पाईन् त्यो भन्दा धेरै चर्चा भयो उनले लगाएको वानपीसको ।

छोटो लुगा र विपाशा बासुको सम्बन्ध त पुरानो भैसक्यो । स्कर्टमा प्रस्तुत हुँदा आफुलाई छरितो महसुस गर्ने विपाशा स्कर्टमा आफ्नो सौन्दर्य समेत झल्किने धारणा राख्छिन् । रिया सेनले अभिनयमा उति सारो चमत्कार गर्न सकिनन् । मोडलिङवाट चलचित्रमा प्रवेश गरेकी रियाको ग्ल्यामरस लुक्सको भने निकै तारिफ भयो । निलो जिन्सको स्कर्ट र कालो भेष्ट लगाएको उनको तस्बिरलाई दर्शकले निकै मन पराए नेहा धुपियाले पनि चलचित्रमा धुम मच्चाउन सकिनन् ।
तर, छोटो डे्रस लगाएर वाहवाही भने पाइन् । दक्षिण भारतीय अभिनेत्री काजोल अग्रवालको समुन्द्री किनारमा कम्मरमा हात लगाएर उभिएको एउटा तस्बिरले राम्रै चर्चा पायो । शिल्पा शेट्टीकी बहिना समिता शेट्टी पनि डे्रसअपकै कारण टिकेकी हुन् भन्नेहरु धेरै छन् । कालो भेष्ट र खैरो हाफपेन्टमा निकै खुलेकी थिईन् उनी । ‘आशिक बनाया अपने’, ‘चकलेट’ लगायत चलचित्रमा अभिनय गरेकी तनुश्री दत्त ती चलचित्रमा निकै बोल्ड भएर प्रस्तुत भईन् ।
तर, उनको छोटो लुगाको चर्चाले करियर लामो टिकाउन भने सकेन् । ऐश्वर्या रायको ‘धुम थ्री’को लुक्सको अहिले पनि चर्चा हुने गरेको छ बलिउडमा । सेतो स्कर्ट र हरियोमा सेतो मिसिएको भेष्टमा उपस्थित ऐश्वर्या निकै राम्री देखिएकी थिईन् आयाशा टाकियाको टीसर्ट र स्कर्टमा खिचिएको धेरै तस्बिरले राम्रै चर्चा पाए । प्रायः निलो स्कर्टमा ग्ल्यामरस देखिन्थिन् उनी ।
अहिले गुमनाम भएकी आयशा पुरानै तस्बिरका कारण पनि बेला बेलामा चर्चाको विषय बन्ने गरेकी छिन् हिन्दी चलचित्र ‘कहो ना प्यार है’ मा अमिषा पटेलको सौन्दर्यको निकै तारिफ भएको थियो । अमिषा फिल्ममा प्रायः स्कर्टमा प्रस्तुत भएकी थिईन् । स्कर्टमा निकै राम्री देखिने अर्की नायिका हुन् समीरा रेड्डी । उनको पनि हातल त्यस्तै छ- दर्शकले सम्भिmए पनि निर्माता/निर्देशकले बिर्सदै गएका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook