हाम्रो समय

प्रिन्साको ताज खोसियो



काठमाडौं, चैत २३

गत वर्षकी मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठको ताज खोसिएको छ। मिस नेपाल आयेाजक संस्था हिडन ट्रेजरले आइतबारदेखि लागु हुने गरी उनको ताज खोसिएको बताएको छ।

हिडेन ट्रेजरद्वारा जारी विज्ञप्तिमा श्रेष्ठले आयोजकसँग गरेका सम्झौता पालन नगरेको उल्लेख गरिएको छ। श्रेष्ठ  विवादास्पद रुपमा मिडिया देखिएको, आयेाजकको अनुमति नलिई विदेश गएको जस्ता क्रियाकलाप गरेकाले ताज खोसिएको विज्ञप्तिमा जनाइएको छ।

मिस नेपाल अर्थ सन् २०१४ को उपाधी सोनी राजभण्डारीलाई प्रदान गरिएको छ। उनी गत वर्षकी मिस नेपाल इन्टरनेशनल उपाधी विजेता हुन।

0 comments

प्रतिक्रिया दिनुश

Facebook