सामसुङको नयाँ अल्ट्रासाउण्ड उपकरण बजारमा
Posted: Tuesday, Apr 07, 2015 13:38 PM
काठमाडौं, चैत २४ – सामसुङले प्रिमियम अल्ट्रासाउण्ड उपकरण बजारमा ल्याएको छ । सामसुङ इलेक्ट्रोनिक्सले ५ डी सिएनएस प्रविधियुक्त उपकरण पहिलो पटक नेपाली बजारमा ल्याएको हो ।
२१ दशमलव ५ इन्चको एलइडी स्क्रिन भएको यो उपकरणले अल्ट्रासाउण्डको राम्रो तस्बिर देखाउने छ । टच स्क्रिन रहेको यो नयाँ उपकरणले महिला स्वास्थ्यको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने सामसुङले दाबी गरेको छ । यो उपकरणको सहायताले गर्भमा रहेको शिशुको थ्रीडी तस्बिर पनि हेर्न सकिन्छ ।
nayanewskhabar.blogspot.com/news
0 comments
प्रतिक्रिया दिनुश
Facebook