हाम्रो समय

तीन वर्षे बालक पनि पक्राउ परेपछि तीन सय युवा पलायन




बिहीबार १९ चैत्र, २०७१



धनगढी– 'सुतिरहेका तीन वर्षीय निर्दोष छोरालाई प्रहरीले पक्राउ गरेर लगेपछि डरले अन्य २ जना छोरा पनि घरवाट भागेर अहिलेसम्म नफर्केका छैनन,'स्थानीय जोगना चौधरीले भनिन,''गल्ती गर्नेलाई पक्राउ गर्नु ठिकै हो, निर्दोषलाई पनि प्रहरीले पक्राउ गरी लगे।'


गत शनिबार धनगढी नगरपालिका–१० घुईया घाँटमा गस्तीमा गएका प्रहरीमाथि स्थानीय युवाको एक समुहले प्रहरी हवल्दार गणेश प्रसाद जोशीको नेतृत्वको प्रहरी टोलीमाथि ३०/४० जना युवाको समुहले साँघांतिक आक्रमण गरे पछि आक्रमणकारी फेला नपरेको भन्दै प्रहरीले तीन वर्षीय बालकलाई समेत नछोडेपछि अधिकांश युवा पलाएन भएका छन्।मजदुरी गरी कमाइ ल्याउने तथा घर व्यवहार चलाउने घरमुली सबै पुरुष पलायन भएपछि धनगढी नगरपालिका–१० घुइयाघाट वस्तीमा महिला र बालबालिकाको बिचल्ली भएको छ।सो वस्तीवाट करिव ३ सय भन्दा बढी युवा घरपरिवार छोडेर पलायन भएका छन। गाउँका सवै युवा पलाएन भएपछि कयौ घरमा गाई वस्तुलाई समेत पानी खुवाउन समस्या भएको छ भने विहान बेलुकाको छाक टार्नसमेत समस्या भएको छ। विद्यार्थीसमेत पढाई छोडेर पलायन भएका छन्।

'गोरुलाई पानी खुवाउने सम्म छैनन्। पुरै घरको वेहाल भएको छ,' बृद्धा जोगन चौधरीले भनिन, 'तीनदेखि मलाई न त भोग लागेको छ, न निद्रा नै।'गाउँभरीका युवा सवै डरले पलाएन भएकाले महिला तथा बालबालिकाको वेहाल भएको स्थानीयले गुनासो गरेका छन्। 'काम गर्ने युवाजति घरमा नहुदाँ महिला तथा बालबालिको बिचल्ली भएको छ,'गाउँमा भेटिएका रामभगत रानाले भने। पाकेको गँह बोटमै कुहिन लागेपनि काम गर्ने युवा नहुँदा अहिलेसम्म गँहू काट्न नसकिएको गाउँलेले बताएका छन्। 'एउटै घरका ३/४ युवा पलायन भएका छन। उनीहरु नभईकन महिला र बालबालिकाले मात्र काम गर्न कसरी सक्छन,' बालु रानाले गुनासो गरिन। दिनभरी मजदुरी गरेर साँझ बिहान हातमुख जोहो गर्नेको घरमाा झन बढी समस्या भएको छ। 'हाम्रो वस्तीमा धेरै जसो दिनभरी ज्याला मजदुरी गरेर परिवार पाल्नेहरु छन,' बृद्धा कुवारा रानाले भने,' उनीहरु पनि भागेर गएपछि कयौ परिवारमा चुल्हो नै वलेको छैन। गाउँभरी बालबालिका र महिलाको बिचल्ली हुदाँ समेत कसैले ध्यान दिएको छैन।'

निर्दोषहरुलाई पनि प्रहरीले पक्राउ गर्दै थुनामा राख्न थालेपछि गाउँभरी त्रास फैलिएर सवै युवा पलायन भएको स्थानीयले बताएका छन्। गस्तीमा रहेका प्रहरीलाई कुटपिट गर्ने जती सवै फरार भएको र निर्दोष जतिलाई प्रहरीले पक्राउ गरेर ज्यानमार्ने मद्दा लगाएको स्थानीयले दाबी गरेका छन्। 'दिनभरी मजदुरी गरेर राति घरमा सुतिरहेकालाई प्रहरीले पक्राउ गरेर लगेको छ। घटनामा संलग्न सवै फरार छन,'स्थानीय रामभगत रानाले भने, हामी माथि अन्याय भएको छ।' दोषीलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा सवै भएको स्थानीयले बताएका छन्।गाउँमा चलाख व्यक्ति र राजनीतिक पहुँच नभएका कारण आफु न्यायमा पर्दा पनि कसैले कुरा नसुनेको स्थानीयले गुनासो गरेका छन्। 'गल्ती गर्ने एउटा , सजाय पाउने अर्को कस्तो न्याय हो,' उनले भने,' ज्यान मुद्दा चलाएका निर्दोष हुन भनेर प्रहरीलाई भन्दा उनीहरु पनि निर्दोष होइनन् भन्दैनन्।' प्रहरीले दोषी व्यक्ति ल्याएमात्र निर्दोष छोड्ने भन्दै आएको स्थानीयले बताएका छन्।

प्रहरीले दोषीलाई मात्र कारवाही गरिने र निर्दोषलाई पर्दैनन् भनेर बिश्वास दिलाउन सकेको भए पुरै गाउँका ३/४ सय युवा भागेर महिला र बालबालिकाकोे बिचल्ली हुने अवस्था नआउने स्थानीय बताउछन।'प्रहरीले नै ३०/३५ जनाको समुहले कुटपिट गरेको भन्छ,' स्थानीय एक बृद्धाले भने,' ३/ ४ सय युवाहरु भागेर जानुपर्ने अवस्था किन आयो।' प्रहरीले निर्दोषलाई पक्राउ गरेर ज्यानमुद्दा लगाएकाले नै सवै त्रसित भएर भागेका स्थानीय बताउँछन्। गाउँमा बाँकी रहेका पनि प्रहरी त्रासले भाग्ने क्रम जारी रहेको स्थानीयले बताएका छन्। दोषीलाई पक्राउ गर्न नसकेको झोंक निर्दोष माथि पोकिएको उनीहरुको गुनासो छ।

सो वस्तीमा ३ सय भन्दा बढी परिवार राना समुदाय बसोवास गर्छन। कैलालीका प्रहरी उपरिक्षक बिक्रम चन्दले भने निर्दोष कसैलाई पनि ज्यान मार्ने मुद्दा नलगाएको बताए। कोही निर्दोष भएमा अदालतवाट पनि छुट्ने उनको भनाइ छ। दोषी फरारको खोजी भइरहेको पनि उनले बताए। निर्दोषलाई धरपकड गरेर गाउँमा प्रहरीले आतंक मच्चाएको भन्ने गाउलेको आरोप गलत भएको उनको भनाइ छ।धनगढी नगरपालिका–१० घुईया घाँटमा गस्तीमा गएका प्रहरीमाथि स्थानीय युवाको एक समुहले शनिवार प्रहरी हवल्दार गणेश प्रसाद जोशीको नेतृत्वको प्रहरी टोलीमाथि ३०/४० जना युवाको समुहले साँघांतिक आक्रमण गरेको थियो। आक्रमणमा परी कंचनपुर झलारी–३ का हवल्दार गणेश प्रसाद जोशी र बैतडी महारुद्र गाविस १ का प्रहरी जवान ठानेश्वर प्रसाद पन्त गंभिर घाइते भएका थिए। उनीहरुको सेती अंचल अस्पतालमा उपचार भइरहेको छ।


0 comments

प्रतिक्रिया दिनुश

Facebook