भजन मण्डलीको गोली हानी हत्या
03 Apr 2015 | 10:39am
शुक्रबार २० चैत्र, २०७१
लहान- भारततर्फ भजनका लागि जाने क्रममा सिरहाका एक साधुको गोली हानी हत्या भएको छ। लगडीगोठ-३, का ५५ वर्षीय रामशंकर मण्डलमाथि सीमा क्षेत्रमा अपरिचित समूहले गोली हानी हत्या गरेको एसपी रामकृपाल साहले जनाकारी दिएका छन्।
भारत विहारको वद्यौरा भन्ने ठाउँमा भजन गर्न बिहीबार मण्डलसहितका चार जना गइरहेका बेला सीमा क्षेत्रमा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। ढाडमा एक गोली लागेका मण्डललाई तत्काल उपचारका लागि उनको परिवारले भारतको जयनगर लगेको थियो।
जयनगरमा उपचार सम्भव नभएपछि बिहीबार राति जिल्ला अस्पताल सिरहा ल्याएलगत्तै मण्डलको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना किन, कसले गरेकोबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक नेतृत्वको टोली शुक्रबार बिहान घटनास्थलतर्फ पठाएको एसपी साहले बताए।
मण्डललाई कटुवा पेस्तोलले गोली हानिएको प्रहरीले जनाएको छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook