हाम्रो समय

साढे तीन बजे डाक्टर केसीले प्रधानमन्त्रीको उपस्थितिमा अनसन तोड्दै(अपडेट)





Naya News Khabar
संवाददाता काठमाडौ, चैत १९





आमरण अनसनको १२औं दिनमा डाक्टर गोविन्द केसीले अनसन तोड्ने भएका छन्।
 सरकारसँग आफ्ना १० बुँदे मागमा सहमति भएपछि डा. गोविन्द केसीले आजै साढे ३ बजे अनसन तोड्ने भएका छन्। सहमतिपछि तयार पारिएको मस्यौदामा हस्ताक्षर भएपछि सरकारी वार्ता टोलीमा संलग्न मुख्य सचिव लिलामणि पौडेल र योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल अहिले शिक्षण अस्पतालबाट बाहिरिएका छन्।
डा. केसीको अनसन तोडाउन प्रधानमन्त्री सुशील कोइराला पनि आउने भएका छन्।
यस्तो छ नेपाल सरकार, डा.केसी र नेपाल चिकित्सक संघका तर्फबाट भएको सम्झौताको हस्ताक्षर

0 comments

प्रतिक्रिया दिनुश

Facebook