मैले छविसँग विहे गरेगरे र १० वर्ष बसेता पनि म भर्जिन छु : रेखा थापा
बुधबार, चैत्र १८, नायिका रेखा थापा बारम्बार विविध कारणले चर्चामा आउँने गर्छिन । उनलाई केवाल चर्चा चाहिन्छ । त्यो चर्चा सकारात्मक कुराको होस् अथवा नकारात्मक कुराको त्यति हेक्का राख्दिनन् । सिनेमा क्षेत्रकै चचिर्त नायिका रेखा गसिप क्विन हुन् भन्ने त सबैलाई थाहा छ ।
तर सबैलाई थाहा भएकै कुरामा पनि रेखा कहिलेकाही धुलो छर्न खोज्छिन् । रेखा थापा र निर्माता छविराज ओझालाई एउटै कार्यक्रममा देख्न मुश्किल नै पर्छ । भोगटेको रुखमुनी एकसाथ शित्तल छाहारी ताप्दै जिन्दगी कटाउने उनीहरुको वाचा पनि लामो समयसम्म चल्न सकेन ।
यसैले यतिबेला छवि केही मौन छन् । रेखालाई त सधै चर्चा चाहिन्छ, चाहे सकारात्मक वा नकारात्मक नै किन नहोस् । निर्देशक सविर श्रेष्ठ पनि बाठा नै थिए । रेखा र छविलाई एकसाथ बोलाइदिएपछि मिडियामा आफ्नो चलचित्र ‘आधी बाटो’को चर्चा खुबै हुन्छ भन्ने उनको सोचाई थियो होला । त्यसैले उनले यी दुबैलाई सँगै बोलाए । तर, कार्यक्रममा रेखा र छविले कुराकानी गरेनन् ।
हलभित्र पनि रेखा आफ्ना निकटका साथीहरुसँग नै बसिन् । देशकै हट हिरोइन पुगेपछि मिडियाका क्यामेरा सोझिनु त स्वभाविक नै हो । जसका कारण सिनेमाकी मुख्य हिरोइन जेनिशा केसी नै ओझेलमा परिन् । भलै उनको अभिनयको चर्को आलोचना भयो । कुराकानी गर्दै जादा रेखाले आफूले बिहे कहिल्यै नगरेको वकालत गरिन् ।
त्यति मात्रा होइन उनले आफू अहिलेसम्म भर्जिन भएको दाबी गरिन् उसो त छविसँग टाढा भएपछि उनले यस्तो भनेको पहिलो पटक होइन । तपाई दोस्रो बिहे गर्दै हुनुहुन्छ भन्ने, एक प्रसंगमा प्रश्न भूइमा झर्ने वित्तिकै रेखाले जवाफ फकाइन्, ‘मेरो बिहे चै कहिले भएको थियो र ?’ निर्माता छविराज ओझा भने आफू नयाँ बर्ष नलागेसम्म केही पनि नबोल्ने बताइरहेका थिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook