अस्ट्रेलिया पुग्यो नेपथ्य
२०७१ चैत्र १९ बिहीवार
काठमाडौं : सांगीतिक समूह नेपथ्य करिब एकमहिने यात्राको क्रममा बुधबार अस्ट्रेलिया पुगेको छ। पर्थस्थित एचबीएफ स्टेडियममा शनिबार कन्सर्ट प्रस्तुत गर्दै नेपथ्यले आफ्नो सांगीतिक यात्राको आरम्भ गर्दैछ।
सिड्नीस्थित म्याग्दी सेवा समितिको आयोजनामा हुने सांगीतिक कार्यक्रमअन्तर्गत सिड्नी, मेलबर्न, डार्बिनलगायतका क्षेत्रमा पनि सञ्चालन हुने सांगीतिक टोलीको नेतृत्व गरिरहेका नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए।
यसै महिना नेपालगन्ज र भारतको बैंगलोरमा प्रस्तुति दिएको नेपथ्यको दसौं एल्बम सार्वजनिक हुने तयारीमा छ।
तीन वर्षअघि पनि नेपथ्यले अस्ट्रेलियामा कन्सर्ट आयोजना गरेको थियो। अध्ययन र कामको सिलसिलामा धेरै नेपाली अस्ट्रेलियामा रहेका छन्।
घर र समाजबाट टाढा पुगेका नेपाली दाजुभाइलाई स्वदेशको सम्झनारूपी गीत बाँड्ने अवसर मिलेकामा उत्साहित भएको नेपथ्यका गायक अमृत गुरुङले बताए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook