तामाकोसीको सेयरका लागि सात हजार सञ्चयकर्ताले निवेदन दिए
पोखरा, चैत १८– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरका लागि पोखराबाट कर्मचारी सञ्चयकोषका सात हजार सञ्चयकर्ताले निवेदन दिएका छन् ।
गत फागुन ११ देखि चैत १६ गतेसम्म खुलेको निवेदनमा सेयरका लागि सञ्चयकर्ताको करिब रु ६५ करोडको निवेदन परेको राष्ट्रिय वाणिज्य बैंक महेन्द्रपुलका शाखा प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिए। बैंकको सो शाखाले निवेदन सङ्कलनका लागि जिम्मेवारी पाएको र निवेदक सञ्चयकर्ताहरुले न्यूनतम ५० देखि पाँच हजार कित्ता सेयर पाउन फारम भरेको उनले बताए ।
बैंकका शाखा रहेका सबै जिल्लाबाट सेयरका लागि निवेदन सञ्चयकर्ताहरुको फारम सङ्कलन गर्ने गरिएको थियो । करिब रु १८ अर्ब १३ करोडको निवेदन परेको पनि सो शाखाले जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook