हाम्रो समय

पौडी खेल्न गएका बालक त्रिशूलीमा डुबे



धादिङ, चैत १८

धादिङ जिल्लाको कल्लेरी गाविस वडा नम्बर २ का एक बालकको पौडी खेल्ने क्रममा त्रिशूली नदीको दलदले हिलोमा फसेर ज्यान गएको छ।
कल्लेरी गाविस वडा नम्बर २ का प्रेमवहादुर विकका ९ वर्षिय छोरा सुजनको बुधवार दिउँसो १ बजे तिर त्रिशूली नदीमा डुवेर ज्यान गएको हो। स्थानीय वाराही प्राविको कक्षा ३ मा पढ्दै गरेका सुजन परीक्षा सकेर साथीहरुसंगै त्रिशूली नदीमा पौडी खेल्न पुगेका विक नदी छेउको दलदले हिलोमा फसेपछि वाहिर निस्कन नसकेर ज्यान गएको स्थानीयले वताएका छन।

नदी छेउको हिलोमा फसेपछि सुजनलाई निकाल्न धेरैबेर प्रयास वालवालिकाले ढिला गरेर अभिभावकलाई खबर दिंदा जिवित उद्धार गर्न नसकिएको पनि गाउंलेहरुले वताए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook