हाम्रो समय

अज्ञात रोगले जाजरकोटमा एसएलसी दिएकी एक छात्राको मृत्यु


३४ अन्य विद्यार्थी विरामी
 
प्रकाशित मिति: 5:01:00 pm, April 01, 2015 
0

जाजरकोट, चैत्र १८ – रुघा खोकी, हातखुटटा झमझमाउने र जिउ काम्ने रोगले जाजरकोटमा एक विद्यार्थीको ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस अर्छानीको भगवती माद्यामिक विद्यालयवाट यस वर्षको एसएलसी परीक्षा दिएकी सुस्मिता जैसीको मंगलवार विहान ११ वजेतिर ज्यान गएको विद्यालयका प्रधानाध्यापक देववहादुर वस्नेतले वताए ।
एक्कासी गाउँमा फैलिएको उक्त रोगका कारण पिडित वनेकी सुस्मितााको उपचार अभावमा मृत्यु भएको हो । उक्त विद्यालयका ३४ जना विद्यार्थीहरु परीक्षा दिइरहेकै समयमा सोहि कारण विरामी भएका छन् । परीक्षा दिइरहेकै अवस्थामा एक्कासि हात खुटटा झमझमाउने र काम्ने रोग लागेपछि विद्यार्थीहरु परीक्षा दिन नसकेर घरतिर लागेको प्रधानाध्यापक वस्नेतले वताए । उनले परीक्षा दिइरहेको समयमा टाउको दुख्ने,जिउ काम्ने र हात खुटटा झमझमाउने भएपछि कक्षा ९ का ११, ८ कक्षाका १३ जना र ७ कक्षाका १० जना विद्यार्थीहरुलाइ लेख्न नसकेपछि घरतिर पठाइएको प्रअ वस्नेतले वताए । केहि विद्यार्थीहरुले परीक्षा दिएको तर अधिकांश विद्यार्थीहरु विद्यालयमै नआएको उनको भनाइ छ ।
जिल्ला सदरमुकाम देखि दुइ दिनको पैदल दुरीमा रहेको उक्त गाउँमा उक्त रोगका कारण सर्वसाधारणहरु प्रभावित भएपनि स्वास्थ्यकर्मीहरको उपस्थिती हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ । स्वास्थ्य चौकी अर्छानीका प्रमुख कृष्णवहादुर रोकाय तालिमका लागि सदरमुकाम खलंगामा रहेको र गाउँमा कार्यालय सहयोगीले काम गरिरहेका कारण स्थानीयहरले उपचार पाउन नसकेपछि उनीहरुले आक्रोस पोखेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर विभान्त शाहले अर्छानीको स्वास्थ्य चौकीमा कर्मचारी छन कि छैनने भनेर आफुलाइ जानकारी नभएको वताए । उनले वुधवार सम्म घटनाको वारेमा जानकारी आउने वताए । गाउँमा कुन रोग फैलिएको भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । एक हप्ता देखि सामान्य रुपमा रुघाखोकीको समस्या देखिएको स्थानीय दिपेन्द्र शर्माले वताए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook