हाम्रो समय

मोर्चामासबैदलको चित्त बुझाउन सकिँ दैन : माओवादीनेता बस्नेत

एमाओवादी स्थायी समिति सदस्य शक्ति बस्नेतले उनको पार्टीले नेतृत्व गरेको ३० दलीय मोर्चामा सबैको सधैँ चित्त बुझाएर अघिबढ्न नसकिने बताएका छन्। ‘एउटा दलमा त सबै सदस्यको चित्त बुझाउन सकिँदैन भने ३० दलीय मोर्चामा सबैको चित्त बुझाउन सकिन्छ भन्ने होइन,’ आज बसेको मोर्चामा मधेसी दलको अनुपस्थितिका विषयमा सेतोपाटीसँग कु रा गर्दै बस्नेतले भने, ‘यसमा विभिन्न घटकका फरक मत हुन सक्छन्।

आज बसेको ३० दलीय मोर्चाको बैठकमा मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई-मधेस लोकतान्त्रिकपार्टीका सभापति महन्त ठाकुर, सद्‌भावना अध्यक्ष राजेन्द्र महतोलगायत नेताहरू उपस्थित भएनन्। एमाओवादीले तीन तिने आमहड्ताल फिर्ता लिएर धोका दिएको आरोप लगाउँदै उनीहरू अनुपस्थित भएका हुन्। उक्त विवादसँगै मोर्चाको एकता संकटमा परेको छ।

तीन दिने आमहड्ताल मोर्चाकै निर्णयबाट फिर्ता भएकाले मधेसवादी दलहरू मोर्चाबाट अलग हुनु जरुरी नभएको बस्नेतको तर्क छ। उनले भने, ‘मोर्चा त के, पार्टीभित्र नै पनि फरक मत हुन सक्छ। तर पार्टी नै छोड्नु पर्छ भन्ने छैन।’

मोर्चाले आन्दोलन नछोडेको तरवार्तालाई जोड मात्र दिएको उनको भनाइ छ। ‘सत्तारुढ दलहरूले संविधानसभा ३० गतेसम्म स्थगित गरेरवार्ताका लागि आह्वान गरेको अवस्थामा आम हड्ताल जारी राख्नु जरुरी थिएन। त्यसैले फिर्ता भयो,’ उनले भने।

संविधाननिर्माणका सम्बन्धमा वार्ताद्वारा विवाद अन्त्य हुन्छभने आन्दोलन जरुरी नरहेको उनको भनाइ छ। ‘उहाँहरू पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्नेमा हुनुहुन्छ। त्यसकारण वार्ता छोडेर आन्दोलनमा जान जरुरी भएन,’ उनले भने।

यादव, ठाकुर र महतोले भने कांग्रेस-एमालेलाई आन्दोलनद्वारा नै घुँडा टेकाउनु पर्ने मत राखेका छन्। आज विराटनगरमा बोल्दै यादवले मधेसी दलले छु ट्टै आन्दोलनको घोषणा गर्ने धम्की दिएका छन्।

सिंहदरबारमा योजना गरिएको आज ३० दलीय मोर्चाको बैठकमा उनीहरू सहभागी भएनन्। उक्त बैठकमा मधेसवादी दलबाट फोरम

0 comments

प्रतिक्रिया दिनुश

Facebook