हाम्रो समय

के आजबाट उपत्यकामा प्लास्टिक झोला प्रतिबन्ध होलात ?


14 April 2015


उपत्यकामा आजबाट प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाइने भएको छ । तर,विकल्पविनै प्लास्टिक झोला प्रतिवन्ध गर्न लागिएकाले अभियान प्रभावकारी बन्नेमा शंका देखिन्छ ।



सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय गरेको छ । वैकल्पिक झोलाबारे भने सरकारले कुनै निर्णय नगर्दा ब्यवसायीहरु भने अनयैलमा परेृाक छन् ।

विज्ञान,प्रविधि तथा वातावरण मन्त्रालयका उपसचिव गोविन्द खरेलले प्लास्टिक झोलाको विकल्पबारे कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

सरकारले ४० माइक्रोन वा सोभन्दा कम मोटाइका प्लास्टिकको झोला बिक्री–वितरण गरेपछि प्लास्टिक उद्योगमा रहेको करिब २० अर्ब लगानी संकटमा परेको प्लास्टिक व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार ती उद्योगमा आवद्द करिब २० हजार व्यक्तिसमेत प्रभावित हुनेछन् ।


0 comments

प्रतिक्रिया दिनुश

Facebook