घोडाले आक्रमण गर्दा २० जना घाइते
14 April 2015
रौतहटको सदरमुकाम गौरमा दुई दिन देखि बौलाहा घोडाको आतंक मच्चाएको छ । घोडाको टोकाइबाट डेढ बर्षका नवालकसहित २० जना स्थानीयबासिन्दा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गौर नजिकै रहेको ब्यारेक मैदानमा रहेको रातो घोडाले गौर नगरपालिका ९ का डेढ बर्षका करण राम, जनार्शी देवी, स्थानीय दिनेश यादव, शान्ति देवी, हुसेनी खातुन, होस नारायण श्रेष्ठ, गुञ्जन क्षेत्री र उपेन्द्र यादव सहितका २० घाइते भएका हुन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनीहरुलाई रबीपुअर नामक एन्टी रेबीज भ्याक्सीन लगाइएका जिल्ला अस्पताल गौरमा उपचार गरिएको चिकित्सक मनोज कौशलले बताउनुभयो । कौशलले बौलाहा घोडाबाट बच्च अपील गर्नु भएको छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook