हाम्रो समय

१६ वर्षीया किशोरीले गरिन् आत्महत्या

16 Apr2015 | 15:00pm बिहीबार ३ बैशाख, २०७२

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिकामा बुधवार राति १६ वर्षीया किशोरीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी छिन्।चन्द्रपुर नगरपालिका–१० सन्तपुर टोलका कृष्णप्रसाद बोल्खेको १६ वर्षीया छोरी सुजाता बोल्खेले आफनै घरको सिलिङपंखामा सलको पासो घाँटीमा लगाएर आत्महत्या गरेकी हुन्।

पंखामा सुजातालाई झुन्डिएकोे अवस्थामा देखेपछि उनका बुवा कृष्णप्रसादले अचेत अवस्था मै चन्द्रनिगाहपुर अस्पतालमा लगेका थिए। अस्पताल पुर्याएको के ही बेरमै उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

आत्म हत्या गर्नुको कु नै कारण खुल्न सके को छैन। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी नेत्रमणि गिरीले बताए।मृतकको शव चन्द्रनिगाहपुर अस्पतालमा पोष्टमार्टम गरी अन्तिम संस्कारको लागि उनका परिवारलाई जिम्मा लगाएको उनले बताए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook