नेपालमा आइपुग्यो सामसुङ ग्यालेक्सी एस ६तथा एस ६एज

Posted: Thursday, Apr 16, 2015
काठमाडौं, वैशाख ३ – सामसुङको ग्यालेक्सी सिरिजको नयाँ स्मार्ट फोन सामसुङग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज नेपाली बजारमा आएको छ ।सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी एस ६ र एस ६ एज सार्वजनिक गरेको हो । धेरैले प्रतिक्षा गरेको सामसुङको नयाँ स्मार्ट फोन अन्तर्राष्ट्रिय बजारमा भने अप्रिल १० मा नै आएको थियो । नेपाली बजारमा ग्यालेक्सी एस ६ को मूल्य ७७हजार ९ सय तथा ग्यालेक्सी एस ६ एजको मूल्य ९४ हजार ९ सय रुपैयाँ पर्ने सामसुङइलेक्ट्रोनिक्सले जनाएको छ ।
सामसुङ ग्यालेक्सी एस६ तथा एस ६ एजका विशेषता के के छन् त ?
१६ मेगा पिक्सलेकोक्यामेरा
यसमा १६ मेगा पिक्सलेको क्यामेरा छ । क्यामेराको विशेषता हो, एक सेके न्डभन्दा पनि कम समयमा फोटो खिच्ने क्षमता । थोरै मात्र प्रकाश भएको बेलामा पनि राम्रो फोटो तथा भिडियो खिच्न सक्ने सुविधासहित ग्यालेक्सी एस ६ र एस ६ एजमा पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । जसबाट अहिले भैरहेका स्मार्ट फोनबाट भन्दा राम्रो सेल्फी लिन सकिन्छ ।
छिटोचार्ज
ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज सामसुङका अन्य स्मार्ट फोन भन्दा छिटो चार्ज हुन्छ । दश मिनेट मात्रै चार्ज गरे पनि चार घण्टासम्म चलाउन सकिने यी फोनमा चार्ज संचय गर्ने सुविधा पनि छ । ब्याट्रीको बचत गर्न मन लागेमा यसमा रहेको अल्ट्रा पावर सेभिङमोडले सहयोग गर्छ । १० मिनेट मात्र गरिएको चार्जले बिना रोकतोक एउटा चलचित्रहेर्न वा दुई घण्टासम्म लगातार इन्टरनेट चलाउन सकिन्छ ।
ताररहित चार्ज सुविधा
ग्यालेक्सी एस ६ र एस ६ एजको अर्को महत्वपूर्ण बिशेषता भनेको चार्ज गर्ने नयाँ सुविधा हो । यसलाई चार्ज गर्न तार जडित चार्जर नभए पनि हुन्छ । किनकि यसको ब्याट्री चार्ज वायरलेस चार्जबाट पनि गर्न सकिन्छ ।यसका लागि अतिरिक्त उपकरण पनि चाहिँदैन । ग्यालेक्सी एस ६ एजमा डब्लुपिसी र पिएमएगरी दुई किसिमका वायरलेस चार्जिङप्याड उपलब्ध छन् ।
एस भ्वाइस रिकजनाइजर
यसमा भएको एस भ्वाइस रिकजनाइजरले प्रयोगकर्ताको आवाजलाई पहिचान गर्छ र आवाजले दिएको आदेश अनुसार काम गर्छ ।
स्वस्थ रहन सहयोग गर्ने
फोनमा जडित एस हेल्थले फिटनेस कोचको काम गर्छ । एस हेल्थमा आफ्नो दैनिक गतिविधि तथा लक्ष्य तोके र राखेपछि स्वस्थ रहन के के गर्ने भनेर फोन आफैं ले सुझाव दिन्छ
0 comments
प्रतिक्रिया दिनुश
Facebook