हाम्रो समय

प्रधानमन्त्रीले ६ वटा माओवादीलाई भने 'सर्वोच्चको आदेशदेखि नआत्तिनुस्'



काठमाडौं चैत २०


 प्रधानमन्त्री सुशील कोइरालाले बेपत्ता तथा सत्य निरुपण आयोगका सन्दर्भमा सर्वोच्च अदालतले दिएको परमादेशदेखि नआत्तिन एकीकृत माओवादीसहितका ६ वटा माओवादीसित आग्रह गरेका छन् ।
गत फागुन १४ गते सर्वोच्चले जारी गरेको परमादेश खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाउन गएका ६ वटा माओवादीसित प्रधानमन्त्री कोइरालाले सर्वोच्चको आदेश खारेज गर्ने सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने आश्वासन दिएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले सेतोपाटीलाई जानकारी दिए ।
'सर्वोच्चको परमादेशलाई अन्तिम नठान्न प्रधानमन्त्रीले हामीहरुसित आग्रह गर्नुभयो', थापाले भने ।
अहिले माओवादीले सामना गरिएको समस्या विगतमा विपी र नेपाली कांग्रेसले पनि झेलेको हुदाँ यस विषयहरुमा आफूहरु गम्भीर रहेको प्रधानमन्त्री कोइरालाले बताएका थिए ।
सर्वोच्चले गत फागुन १४ गते द्धन्द्धकालका मुद्धाका दोषीलाई कुनैपनि हालतमा आममाफी दिन नहुने र द्धन्द्धपीडितहरुको अनुमति विना माफी प्रक्रिया अघि नबढाउन सरकारका नाममा परमादेश जारी गरेको थियाे ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook