भाजपा विश्वकै सबैभन्दा ठूलो पार्टी
कंग्रेसले भन्यो,‘भाजपा मिसकल पार्टी’
प्रकाशित मिति: 10:35:50 am, April 03, 2015
एजेन्सी – भारतीय जनता पार्टी (बिजेपी)ले विश्वको सबैभन्दा ठूलो पार्टी भएको दाबी गरेको छ । उसले आफ्नो सदस्य संख्या चिनियाँ कम्युनिष्ट पार्टीभन्दा बढी भएको दाबी गरेको छ ।
modi
अहिलेसम्म चीनको कम्युनिष्ट पार्टी विश्वको सबैभन्दा ठूलो पार्टी मानिए पनि भाजपाले उसलाई पछाडि पारेको हो ।
भाजपाले आफ्नो ट्विटरमार्फत आफ्नो पार्टी सदस्य नौ करोड पुगेको जनाएको छ । यो चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य संख्याभन्दा १३ लाखले बढी हो ।
भाजपाले पछिल्ला पाँच महिनामा पाँच करोड सदस्य थप गरेको छ । २०१३ सम्म उतिधेरै चर्चामा नआएको भाजपाले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर निर्वाचनमा होमिएपछि १७ करोड भोट पाएको थियो ।
यसरी भाजपाले सदस्यता संख्या बढ्नुमा भाजपाको सदस्यता हासिल गर्ने प्रक्रियाले काम गरेको बताइन्छ । पार्टीको एक वेभसाइटमा एक फर्म भरेर आफ्नो मोबाइल नम्बर दिएपछि भाजपा सदस्य बन्न सकिन्छ । अझै अचम्म त वेभसाइटमा भएको टोल फ्रि नम्बरमा मिस कल दिए मात्र पनि भाजपा सदस्य बन्न सकिन्छ । भाजपाको सदस्य बढाउने यो काइदाको उता भारतीय कंग्रेसले भने तीव्र व्यंग गरेको छ । उसले भाजपालाई मिसकल पार्टी संज्ञा दिएको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook