नाइजेरियाको हुनेवाला राष्ट्रपति बुहारी को हुन् ?
एजेन्सीहरु
तस्विर : एजेन्सी
काठमाडौ, चैत्र २० - सैनिक जनरल हुँदा 'कु' गरेर सत्ता हत्याएका मोहम्मद बुहारी नाइजेरियामा मंगलबार भएको निर्वाचनमा विजय हासिल गरेका छन् । शासनपछिको दशौं बर्ष सार्वजनिक जीवनबाट हराएर पुनः चुनावमा विजय हासिल गरेका उनी सजिलै हार मान्ने मान्छे पनि होइनन् ।
विगत कोट्याउदै विपक्षीले लगाएको आरोप सहनु र तीन पटक चुनाव हार्दा पनि प्रयास जारी राख्नु सजिलो काम थिएन । यही धैर्यताको कारण उनले आगामी ५ बर्ष नाइजेरियामा शासन गर्ने पक्का भएको छ ।
सन् १९९९ मा नाइजेरियामा नागरिक शासन लागू भएपछि उनले नेतृत्वको लागि तीनपटक प्रयास गरे तर चौथो पटकमा भने सफलताको स्वाद चाखे ।
वर्तमान राष्ट्रपति गुडलक जोनाथनले आफ्नो हार स्वीकारसकेपछि अपि|mकाको सबैभन्दा धेरे जनसंख्या भएको देश नाइजेरियामा इतिहासमै पहिलो पटक शान्तिपूर्ण रुपमा सत्ता परिवर्तन हुँदैछ ।
'शान्तिपूर्ण निर्वाचनमार्फत सत्ता परिवर्तन गर्ने देशहरुको सूचीमा हामी उभिएका छौं', निर्वाचनमा विजयी भएपछि बुधबार बुहारीले भने,'मेरो लागि यो एकदमै ऐतिहासिक क्षण हो ।'
उनको शासनको स्वरुप कस्तो हुनेछ अहिले नै प्रष्ट छैन् तर उनको नेतृत्वमा नाइजेरियामा भ्रष्टाचार कमी हुने अनुमान गरिएको छ । उनले मे २९ मा सपथ खाने कार्यक्रम छ ।
'७२ वर्षीय बुहारीको छवि भ्रष्टाचार विरोधी छ । समाचार संस्था एएफपीका अनुसार उनलाई पार्टीका नेताहरु पनि भ्रष्टाचारमुक्त नेताको रुपमा चिन्छन् । उनले भोट माग्ने बेलामा नै भनेका थिए,'हाम्रो सरकारले सपथ खाएको दिनदेखि नै आफ्नो पदको दुरुपयोग गर्नेहरु सजायको भागिदार बन्नेछन् ।'
यसअघि २० महिना सत्तामा रहँदा उनलाई मानव अधिकार उल्लंघन र आफ्ना विरोधीहरुलाई जेलमा पुर्याएको आरोप लागेको छ ।
निर्वाचित भए पनि भ्रष्ट र असक्षम शासकको रुपमा जनतामाझ चिनिएका राष्ट्रपति शेहु सागरीलाई सत्ताच्युत गरी न् १९८३ मा तत्कालिन सैनिक जनरल बुहारीले आफ्नो शासन लागू गरेका थिए । उनले शासन गरेको अवधीलाई 'बुहारिज्म' भनेर चिन्ने गरिन्छ ।
तत्कालीन राष्ट्रपति सागरीका सल्लाहकार उमारु डिक्कालाई लण्डनबाट अपहरण गरी लागोस लैजाने खोजेको बिषयमा बुहारीको तत्कालीन बि्रटिस सरकारसँग कुटनैतिक विवाद भएको थियो ।
राष्ट्रपतिलाई बुहारीले सत्ताच्युत गरेपछि डिक्को नाइजेरियाबाट लण्डन भागेका थिए तर एक दिन उनी स्ट्यान्स्टेड एयरपोर्टमा डब्बाभित्र लुकाइएको अवस्थामा भेटिए । ब्रिटिस सरकारले बुहारीले आफ्नो सहयोगी लगाएर डिक्कोलाई लण्डनबाट अपहरण गर्न खोजेको आरोप लगाएका थिए ।
बुहारीका प्रतिद्वन्द्वी हालका राष्ट्रपति गुडलक जोनाथनले चुनाव प्रचारको क्रममा बुहारीको विगतलाई देखाएर 'एक पटकका निरंकुश प्रत्येक पटक निरंकुश' भन्दै उनको दुष्प्रचार गराएका थिए । बुहारीले पनि आफू प्रजातन्त्रवादीमा रुपान्तरण भइसकेको भन्दै प्रजातन्त्रिक तरिकाले शासन चलाउन तयार रहेको जवाफ दिए ।
सन् १९८५ मा बागांगिडाले आफूलाई रक्तपातविहीन कू गर्दै सत्ताच्युत गरेपछि बुहारी सार्वजनिक जीवनमा देखा परेनन् । तर, त्यसको २० बर्षपछि सरकारी अनुदान प्राप्त एक विकास योजनाको प्रमुखको रुपमा आफ्नो सक्रियता बढाउन थाले । विकास योजना प्रमुखमा पनि उनले आफ्नो निरंकुश छवि प्रदर्शन गरे तर प्रभावकारी शैलीमा काम गरे ।
'उनी धेरै खुलस्त छैनन्, उनी सुस्त छन् तर नदेखाए पनि धेरै जानकारी भएका व्यक्ति हुन्', लागोसका राजनीतिक विश्लेषक आयो बाञ्जोको भन्छन्,'उनी आफ्नो लगावप्रति प्रतिबद्ध छन् । उनी विशेषगरी देशबाट भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्नेमा अडिग छन् ।'
सन् २०१४ को जुलाइमा बुहारी बोको हरामको आक्रमणमा परी झण्डै मारिएका थिए । उनी बचेको आक्रमणमा अन्य ४२ जना मारिएका थिए । अल प्रोग्रेसिभ कंग्रेसको चुनावी प्रचारको क्रममा पनि बोको हरामको क्षेत्रमा पुग्दा उनीमाथि आक्रमणको प्रयास भए र उनलाई धार्मिक व्यक्तित्व भएको भन्दै राज्य सञ्चालनको लागि अयोग्य दाबी गरियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook