जाजरकोटका ३ बिरामीमा स्वाइन फ्लु, मृत्यु हुनेको संख्या १६ पुग्यो

जाजरकोटका ३ बिरामीमा स्वाइन फ्लु, मृत्यु हुनेको संख्या १६ पुग्यो जाजरकोट : यहाँ तीन सातादेखि फै लिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु भएको छ।यससँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस– २ का ५० वर्षीय बादी टमटा, अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटाको उपचारका क्रममा मृत्युभएको छ।
दरबन्दीअनुसारकोस्वास्थ्यकर्मी नहुँदा कठिनाइ
जाजरकोटको ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको छ ।
दुई सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा १७४ जनाको पदपूर्ति भएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ । मेडिकल अधिकृत दुई जनाको दरबन्दी खाली रहेको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृ त एक जना खाली रहनुका साथै हाल निर्मितको भरमा काम चलिरहेको छ । सिनियर अहेब नौ जनाको दरबन्दी रिक्त रहेको छ ।
त्यस्तै चार जना अहेबको दरबन्दी खाली रहेको छ । चार जना स्टाफ नर्सको पद खाली रहेको छ । त्यस्तै एक जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै प्राथमिकस्वास्थ्य के न्द्र गर्खाकोटमा स्वीकृ त १२ जनाको दरबन्दीमध्ये अहिले जम्मा पाँच जनाको पदपूर्ति भएको छ भने सात जना रिक्त रहेको छ । यहाँ मेडिकल अधिकृतदेखि स्टाफ नर्स, अहेबसम्म खाली रहेको छ ।
प्राथमिकस्वास्थ्य के न्द्र लिम्सामा ११ जनाको दरबन्दी रहे तापनि अहिले छ जनाको पदपूर्ति भएको तथ्याङ्कमा देखिन्छ भने पाँच जनाको दरबन्दी रिक्त छ ।
यहाँ पनि मेडिकल अधिकृतको दरबन्दीदेखि अहेबसम्मको दरबन्दी खाली रहेको छ । स्वास्थ्य चौकी टालेगाउँमा छ जनाको दरबन्दी लिष्टमा देखिन्छ भने अहिले कार्यालयमा तीन जनाले काम सञ्चालन भइरहेको छ ।
यहाँ पनि सिनियर अहेब खाली रहेको छ । यो अहिले सिजिनल फ्लुबाट प्रभावित क्षेत्र हो ।
यस्तै जिल्लाका अधिकांश ग्रामीणस्तरमा रहेका स्वास्थ्य केन्द्रमा दरबन्दी देखाए पनि काममा नखटी काजमा अर्कै ठाउँमा काम गरिरहेको देखिन्छ ।
अहिलेसम्म रोग प्रभावित क्षेत्रमा सयौँबिरामीको उपचार गरिएको बताएको छ। जिल्लाको पैँकमा एक हजार २००, सक्लामा १७८, पजारुमा ४२१, नायकवाडामा १०० र अर्छानी र टालेगाउँमा स्वास्थ्यकर्मी भर्खर परिचालन भएका छन्।रासस
0 comments
प्रतिक्रिया दिनुश
Facebook