प्रधानमन्त्रीसँग थाई राजदूतको भेट

Friday, 17 Apr, 2015 12:05 PM
काठमाडौं, ४ बैशाख – प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि थाइल्याण्डका राजदूत भुट्टी भुट्टीसेटले शुक्रबार विहान भेट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल र थाइल्याण्डबीचको कु टनीतिक, सांस्कृ तिक, आर्थिक सम्बन्धका बारेमा कु राकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल र थाइल्याण्ड बीचमा सुमधुर सम्बन्ध रहेको भन्दै भगवान गौतम बुद्धको जन्मस्थल भ्रमण गर्ने बुद्ध धर्माबलम्बी थाई जनताको मोहले यसलाई अझ सुदृढ बनाएको बताए।
कोइरालाले बिमस्टेकको क्षेत्रीय सदस्य रहेका नेपाल र थाइल्याण्डबीचमा सुचारु रहेको हवाई सेवाले सम्बन्ध विकसित गर्न निकै सहयोग गरेको पनि बताए । उनले विकासका लागि लोकतान्त्रिकशासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको भन्दै संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने जानकारी गराए ।
भेटमा थाई राजदूतले नेपालमा थाइ पर्यटकको संख्या बढ्दै गएको बताए । उनले थाइल्याण्डको दूशीत थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएर आतिथेय व्यावसायको अनुभवबाट नेपाललाई लाभ दिने प्रक्रियाको आरम्भ भएको बताए ।लुम्बिनीमा प्रसूति अस्पतालको निर्माण गरेको थाइल्याण्डले संयुक्त लगानीमा नेपालमा अस्पताल स्थापना गरेर गुणस्तरीय सेवा दिएको पनि राजदूत भुट्टीले जानकारी दिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook