युवती खरिद गरी वेश्वावृतिमा लगाउने लामालाई अदालत पेस
Posted: Wednesday, Apr 01, 2015 17:13 PM
काठमाडौं, चैत १८ - काठमाडौं जिल्ला अदालतले जिउ मास्ने तथा बेच्ने मुद्धामा १० बर्ष कैद सजाय सुनाएकी काठमाडौं ६ बस्ने सरस्वती लामालाई प्रहरीले बुधबार अदालतमा पेस गरेको छ । युवती खरिद गरी जबरजस्ती बेश्यावृतिमा लगाउने काममा सम्लग्न ६० बर्षकी सरस्वती लामालाई मंगलबार केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाण्डौंको बौद्धबाट पक्राउ गरेको थियो ।
भारतको मुम्बइमा जवरजस्ती यौन धन्दामा लगाइएका दुईजनालाई २०५३ साल भदौमा भारतीय प्रहरीले उद्वार गरी नेपाल फर्काएको थियो । पीडितको जाहेरीका आधारमा लामालाई २०५५ साल मंसिरमा कैद सजाय सुनाइएको थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook