हाम्रो समय

सातदिनपछि गौर बन्द फिर्ता, जनजीवन सामान्य

रौतहटको गौरमा एकसातादेखि जारी आन्दोलन बुधबारदेखिफिर्ता भएको छ। उद्योग वाणिज्य संघको अगुवाईमा गएराति ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।

उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन र नेपाल पत्रकार महासंघसहितको वार्ता टोलीले राति १२ बजेसम्म छलफल गरी निकास निकालेको रौतहटका प्रमुखजिल्ला अधिकारी मदन भुजेलले जानकारी गराए।

स्थानीय प्रशासनले आफ्ना मागहरुपूरागर्ने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो।

यसैबीचआन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारी खर्चमा उपचार, प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका राम अशिष ठाकुरलाई शहीद घोषणाको लागि सिफारिस, मृतकको परिवारलाईतत्कालका लागि ८ लाखरुपैयाँ क्षतिपूर्ति, आश्रित परिवारका एकसदस्यलाई स्थानीय तहबाटसीप अनुसारको रोजगारी, आन्दोलनको क्रममा भएको प्रहरी दमनको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको हो।

आन्दोलनका कार्यक्रम फिर्ता भएपछि बुधवार विहानबाट गौरको जनजीवन सामान्य बनेको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook