ग्लोबल आइएमई बैंक अब अस्ट्रेलियामा पनि
प्रकाशित मिति: 10:47:42 am, April 03, 2015
काठमाडौं,चैत २० – ग्लोबल आइएमई बैंकले अब अस्ट्रेलियामा पनि आफ्नो उपस्थिति जनाएको छ । उसले अस्ट्रेलियामा सम्पर्क प्रतिनिधि कार्यालय खोलेर आफ्नो उपस्थिती जनाएको हो । वाणिज्य बैंकहरुमा अस्ट्रेलियामा सम्पर्क कार्यालय खोल्नेमा ग्लोबल आइएमई बैंक पहिलो हो ।
अर्थमन्त्री रामशरण महतले अस्ट्रेलियाको सिडनीमा सम्पर्क कार्यालय उद्घाटन गरे ।
बैंक अध्यक्ष चन्द्रप्रकाश ढकालले अस्ट्रेलियामा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । बैंकका नायब कार्यकारी अधिकृत जनक शर्माले सम्पर्क कार्यालय विस्तारका लागि नेपाल र अस्ट्रलियन सरकारले पुर्याएको सहयोगको प्रशंसा गरे ।
सम्पर्क कार्यालय उद्घाटन अवसरमा बैंक संस्थापक सुहृदराज घिमिरे,अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल,गैरआवासीय संघ नेपालका अध्यक्ष शेष घलेलगायत पदाधिकारी उपस्थित थिए । बैंकले अस्ट्रेलियामा सम्पर्क प्रतिनिधि कार्यालय खोलेपछि नेपाल–अस्ट्रेलियाली व्यवसायीबीच व्यापारिक एवं लगानी प्रवर्दशनमा सघाउ पुर्याउनेमा अपेक्षा गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook