आम हड्तालमा १७ गाडी तोडफोड, ५० जना पक्राउ
काठमाडौं, २४ चैत – एकीकृ त नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको आमहड्तालको पहिलो दिन देशभरीमा १७वटा गाडी तोडफोड भएको छ भने तीन वटामा आगजनी भएको छ । गृहमन्त्रालयले मंगलबार साँझ विज्ञप्ती जारी गरी बन्दको क्रममा भएको क्षतिको जानकारी दिएको हो ।
बन्दकर्ताले झापाको मेची नगरपालिकाको कार्यालय र मालपोतमा प्रवेश गरी तोडफोड गरेका छन् । जबर्जस्ती बन्द गर्दै हिड्ने र सरकारी सम्पत्तिमा क्षति पुर्याउने ५० जना पक्राउ परेका मन्त्रालयले जनाएको छ ।
काठमाडौंको विजुली बजार सहित के ही ठाउँमा भएको झडपमा ६ जना प्रहरी र ५ जना प्रदर्शनकारी घाइते भएका छन् । गृह मन्त्रालयले आन्दोलनको नाममा जबर्जस्ती बन्द गराउने सरकारी सम्पत्तिमा हानी नोक्शानी पुर्याउने काम गैरकानुनी भएकाले यस्त गतिविधि गरेमा कानुन अनुसार कारबाही गर्ने स्पष्ट पारेको छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook