हाम्रो समय

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु


२०७२ वैशाख २ गते ८:३३ मा प्रकाशित  
२ वैशाख, नवलपरासी । नवलपरासीको सुनवलमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लु १५ प २७०० नम्बरको मोटरसाइकलले सुनवल ७ मा पैदल यात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका सुनवल ७ तरगौलीका ६८ वर्षका गगन थारुको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
त्यसैगरी चितवनमा गएराति भएको अर्को दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । भरतपुर नगरपालिका १० वीरेन्द्र क्याम्पस चोकमा विरगञ्जबाट नारायणगढतर्फ आउंदै गरेको ना ५ ख १०४० नम्बरको बसले ना ३५ प ८२ ४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जना गम्भीर घाइते भएका हो । घाइतेको भरतपुर नयां मेडिकलमा उपचार भईरहेको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook