हाम्रो समय

बिस्केट जात्रा सम्पन्न



काठमाडौँ। टोखाकोप्रसिद्धबिस्के टजात्रा आज सम्पन्न भएकोछ । स्थानीय थनेलाछीमा करिब एक महिनाअघि (घोडे जात्राकोदिन) ठड्याइएको ३२ हात अग्लोलिङ्गोआज विधिवत् रुपमा ढालिएकोहो।

सोलिङ्गोठडाएपछि स्थानीय देवदेवीका पूजा तथा साधना गरेपछि बिस्केट जात्राकोतयारी गरिएकोथियो । प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिदेखि पाँचदिनसम्म बिस्केटजात्रा हुने त्यस अवधिमा विभिन्नदेवदेवीकोजात्रा चल्ने गर्दछ । सोजात्रामा विशेष गरी जीवित देवीका रुपमा कुमारी र गणेशलाई पूजा गरी जात्रा चलाइएको थियो। जात्राका अवधिमा स्थानीय चण्डेश्वरी, सपन विनायक, गणेश, कुठु गणेश, मसानकाली, सरस्वती र महादेवका खटजात्रा र सिन्दूर यात्रासमेत गरी अघिल्लो दिन सम्बन्धित मन्दिरमा फर्काइएको थियो। लिङ्गोढालेपछि स्थानीय बज्रयोगिनीको रुष्टपूजा गरी भोज भतेरसमेत गरिएको थियो। मेला व्यवस्थापन समितिका सदस्य देवराज डङ्गोलले यस वर्षको बिस्केट जात्रामा ठूलोसङ्ख्यामा भक्तजनकोसहभागिता भई सफलतापूर्वक सम्पन्न भएकोबताउनुभयो

0 comments

प्रतिक्रिया दिनुश

Facebook