अण्डकोष थिचेर महिलाले गरिन युवकको हत्या
13 Apr 2015
सोमबार ३० चैत्र, २०७१
Nagarik Dahinik ma Khabar cha
रोल्पा– महिलाले अण्डकोष थिचेर एक युवकको हत्या गरेकी छिन्। मिझिङ–१ का निशाले (नाम परिवर्तित ) दाङ गढवाका २१ वर्षीय प्रकाश चौधरीको अण्डकोष थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विगत केही वर्ष यता निशा मिझिङ–७ सुलिचौरमा किराना चिया नास्ता पसल गर्दै आएकी थिइन। मृतक चौधरीले सुलिचौरमै रहेको शंकर फर्निचर उद्योगमा मिस्त्रीको रुपमा काम गर्दै आएका थिए।निशा र चौधरीबीच चल्दै आएको अबैध यौन सम्पर्क हत्या प्रकरणमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु बीच २०७१ भदौ देखि नियमित रुपमा शारीरिक सम्पर्क हुँदै आएको थियो। चौधरीले आफूलाई यौन सम्पर्क गर्न खोज्दा अण्डकोषमा जोड समाती थिचिदिएकोले उनको मृत्यु भएको हत्या आरोपी निशाले प्रहरी समक्ष बयान दिएकी छिन। निशाका श्रीमान भने बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा रहेका छन।
मृत्यु पश्चात निशाले चौधरीको शवलाई आफ्नै पसलबाट करिव ३५ मिटर टाढा मोटर बाटो छेउमा लगेर फाली दिएकी थिइन। निशाको साथबाट प्रहरीले मृतकको मोबाइल, चप्पल र चाँदीको सिक्री लुकाएर राखेको अवस्थामा बरामद गरेको छ। कर्तव्य ज्यान मुद्दाको अभियोगमा निशालाई प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरी रहेको छ। मृतकको शवलाई पोष्ट मार्तम पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook