कान्तिपुर दैनिक मा खबर छ
काठमाडौ, चैत्र २७ - अनुदानमा ल्याइएका जहाजको समस्यामा विक्रे ता एभिक इन्टरनेसनल गम्भीरनभएपछि निगमले औंल्याएका समस्यामा सुधार नआए थप चार वटा जहाज 'नल्याउने' चेतावनी दिएको छ ।
अनुदानमा ल्याइएका दुवै जहाजबाट व्यापार सुधार्न नसकेपछि थुप्रै पटक विक्रेता एभिकलाईनिगमले नगुहारेको होइन ।यही सिलसिलालाईनिरन्तरता दिँदैनिगमले फेरि बुधबारएभिकलाई अर्को पत्र पठाएको छ ।'हामीले एभिकलाईकडा पत्र लेखेरपठायौं,'निगमको उच्च स्रोतले भन्यो, 'हामीले औंल्याएका कमजोरी सुधारनगरे उसले दिने बाँकीचार वटा विमान हामी चलाउनबाध्य हुनेछैनौं।'
सरकारी स्वामित्वको निगमलेचिनियाँ जहाजमोर्डन आर्क (एमए ६०) ल्याएको वैशाख १४ गते एकवर्ष पुग्दैछ । २८ वर्षपछि नयाँ जहाजल्याउँदा निगममा छाएको खुसीयाली यस बेला 'निराशामा' परिणत भएको छ । यतिसम्म त ठीकै थियो ।५६ यात्रु क्षमताको एमए-६० (रारा) पछि दुर्गमर उच्च हिमाली भेगको उडानका लागि कात्तिक १७ १६ जना यात्रु क्षमता भएको वाई-१२विमान -कोइली)थपियो । निगमले यी दुवै जहाजको उडानले कम्तीमा पनि आन्तरिक बजारको २०
प्रतिशत हिस्सा बढाउने योजना बनाएको थियो । दुर्भाग्य निगमले बनाएको योजनामा दुवै जहाजलेसाथ दिनसकेनन् ।
निगमले एभिकलाईसबैभन्दा पहिलेपे-लोड (उडानतौल) बारे चासो राखेको छ ।'प्रपोजलमा भनिएअनुसार दुवै जहाजको उडान तौल फरक छ,' एकवरिष्ठ पाइलटलेभने, 'एमए ६० मा काठमाडौंबाट बाहिर जाँदा पूरै५६ सिटमा यात्रु राखेर उडाउन सकिन्छ तर तराईबाट फर्किं दा १० जना यात्रु घटाउँदै४०/४५ जना मात्रैल्याउनुपर्छ ।काठमाडौं आउँदा उडान तौल घटाउनुपर्छ ।' ती पाइलटका अनुसार वाई-१२ मा पनियस्तै समस्या छ । कोइली नाम दिइएको यो सानो जहाजको उडानपोखरा, जोमसोम, मनाङ तय गरिएको थियो ।तर यो जहाज हालपोखरा मात्रैउडिरहेको छ । 'मनाङ, जोमसोम, लुक्लाजस्ता उचाइभएका हिमाली भेगमा उडाउन सकिरहेका छैनौं,'ती पाइलटले भने ।
त्यसैगरी चिनियाँकम्पनीलाई निगमलेबिमा दरपनि अत्यधिक भएको भन्दैसंशोधनगर्न भनेको छ ।'यी जहाजको बिमा पि्रमियमलागतको ४ प्रतिशतका दरमा गरिएको छ,' स्रोत भन्छ यो दर अति महँगो भयो, हामी अहिलेएयरबसको बिमा पि्रमियमलागत दरको ० दशमलव ५ प्रतिशत मात्रै तिरिरहेका छौं ।'त्यसैगरी यी जहाजबारे अध्ययन गर्न जाने निगमका कर्मचारीहरूको तालिम शुल्क, सिमुलेटरतालिम पनि बोइङ र एयरबसलेलिने शुल्कको दाँजोमा बढी छ ।
स्पेयर पार्टस उपलब्धतामा पनिढिलाइ हुन थालेपछि निगमले एफएचएस (फलाइट आवरसिस्टम) अपनाउन पत्रमार्फ त एभिकलाई आग्रह गरेको छ । यो प्रणाली अपनाए निगमले चिनियाँ जहाजलाई धेरैलामो समय ग्राउन्डेड गर्नुपर्ने झन्झट हुँदैन। 'हामीले५/६पटक बैठक गरिसक्यौं,' निगमका प्रवक्ता तथा कर्पोरेट निर्देशक रामहरि शर्मालेभने, 'पर्यटन मन्त्रालयमा समेत राखेरवार्ता गरेपछि सुधार्ने वाचा गरेका छन् ।'
पछिल्लोपटक निगमले सुझाएअनुसारचिनियाँ पक्षले सुधारगरे मात्रै बाँकी चारवटा नयाँजहाज ल्याउनेयोजना बनाइएको छ ।यतिबेला एउटा एमए-६० रतीन वटा वाई-१२ चीनमा तयारअवस्थामा छन् ।यी चार वटा जहाज सहुलियत दरको ऋणमा निगमले खरिद गर्ने सम्झौता छ ।
हाम्रो समय
सुधार नभए थप जहाज नलिने निगमको चेतावनी
0 comments
प्रतिक्रिया दिनुश
Facebook