सरकारले खर्च नदिँदा टिचिङ अस्पताल आर्थिक संकटमा
18 May 2015
सोमबार ४ जेष्ठ, २०७२

महाराजगन्जस्थित टिचिङ अस्पताल। फाइल तस्बिर : नागरिक
काठमाडौं-भूकम्पमा घाइतेको प्रभावकारी उपचार गरेर प्रशंसा पाएको महाराजगञ्जस्थित शिक्षण अस्पताल सरकारले खर्च नदिँदा आर्थिक संकटमा परेको छ। सरकारको निर्देशनअनुसार अस्पताल प्रशासनले सबै सेवा निःशुल्क प्रदान गर्दै आएपनि अहिलेसम्म रकम निकासा नगर्दा अस्पातल आर्थिक संकटमा परेको हो।
सरकारले सेवा वापत दिनु पर्ने रकम नदिँदा चिकित्सक, स्वास्थ्यकर्मीका साथै कर्मचारीको तलब मात्र होइन बिरामीको उपचारका लागि अतिआवश्यक औषधी र उपकरण किन्नसमेत आर्थिक अभाव ब्यहोर्नु परेको अस्पतालले जनाएको छ।
भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न सोमबार अस्पताल पुगेका राष्ट्रपति रामवरण यादवसमक्ष टिचिङका कार्यकारी निर्देशक डा. दिपक महराले सरकारले पैसा नदिँदा अस्पताल आर्थिक संकटमा परेको गुनासो गरेका छन्।
कार्यकारी निर्देशक महराले कर्मचारीको तलबका साथै अन्य उपकरण खरिदका लागि तत्काल १० करोड रुपैयाँ आवश्यक रहेको राष्ट्रपतिसँग गुनासो गरेका थिए। उनले अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक रकम बिनियोजनको पहल गरिदिन राष्ट्रपतिलाई आग्रह गरेका छन्। ‘पैसाको अभावहुँदा कर्मचारीको तलब समेत दिन सकेनौं,’ राष्ट्रपतिसँग अस्पतालको आर्थिक अवस्थाको जानकारी गराउँदै कार्यकारी निर्देशकले भने, ‘यसका लागि तपाईँ (राष्ट्रपति)बाट सहयोग भए आभारी हुने थिए।’
भूकम्पबाट घाइते भएकाहरुको उपचारमा अस्पतालको सबै जनशक्ति प्रयोग हुँदा आन्तरिक आम्दानी बन्द भएको कायकारी निर्देशक महराले राष्ट्रपतिसँग गुनासो गरेका थिए। ‘दिनरात नभनि सबै जनशक्ति उपचारमा तल्लिन भएकाले अरु बेलाभन्दा टाइममा तलब खुवाउन पाए हुने थियो,’ कार्यकारी निर्देशक महराले नागरिकसँग भने, ‘झन्डै सात सयलाई अस्पतालले कमाएर खुवाउनु पर्नेछ। तलब खुवाउन समस्या छ।’
६ सय ८४ जनालाई अस्पताल आफैले कमाएर तलब खुवाउनु पर्ने राष्ट्रपतिलाई जानकारी गराउँदै मासिक साढे चार करोड आन्तरिक स्रोतबाट चलाउनु पर्ने बाध्यता रहेको उनले बताए। भूकम्पबाट घाइते भएकाको उपचारमा अस्पतालको सबै स्रोत साधन प्रयोग हुँदा अस्पतालको आन्तरिक आम्दानी ठप्प भएको उनले बताए। अस्पतालले दैनिक ५० लाख रुपैयाँ आम्दानी गर्ने गरेको राष्ट्रपतिलाई जानकारी गराएका थिए। ‘उपचार मात्र होइन हामीले औषधि देखि सबै सेवा निशुल्क दिंदा आयस्रोत रोकियो,’ उनले भने ।
जवाफमा राष्ट्रपति यादवले अस्पतालका लागि आवश्यक रकम बिनियोजनका लागि सरकार समक्ष पहल गर्ने आश्वासन दिएका थिए। ‘उहाँले रकम बिनियोजनका लागि पहल गरीदिने बताउनुभयो,’ महराले भने।
अस्पतालमा एक घण्टाबढि बिताएका राष्ट्रपतिले हाडजोर्नी, आँखा विभागमा उपचार गराइ रहेकासँग भलाकुसारी गरेका थिए। जापान सरकारको सहयोगमा बनेको शिक्षण अस्पतालका भवनहरु मजबुत रहेको भन्दै राष्ट्रपतिले उपचार गराईरहेकालाई नडराउनसमेत आग्रह गरेका थिए। ‘उहाँले बिरामीसँग दोहोरो कुराकानी गर्नुभयो,’ डा. महराले भने, ‘बिरामीलाई उहाँले परामर्श र सान्तोना दिनुभयो।’
बैशाख १२ गतेको महाभूकम्पपछि शिक्षण अस्पतालले दुई हजारभन्दा बढिलाई भर्ना नै लिगेर उपचार गरेको छ। समान्य उपचारबाहेक पहिलो दिन नै सात सयबढिको उपचार गरेको उक्त अस्पतालले त्यसयता १ हजार ७ सय ६६ जनालाई भर्ना नै गरेर उपचार गरेको छ। ‘पहिलो दिन सात सय जति आएका थिए। पाँच सयभन्दा बढी मेजर अप्रेसन गरिएको छ,’ डा. महराले भने, ‘आफ्नो क्षमताले भ्याएसम्म निशुल्क गरेका छौँ। औषधी पसल नै च्यारिटी नै भनेर खोलिएको छ।’ ६ सय ६२ बेडको अस्पतालमा अहिले पनि भूकम्पबाट घाइते भएका १ सय ६८ जनाको उपचार भइरहेको छ।
सोमबार दिउँसो २ बजे शिक्षण स्पताल पुगेका राष्ट्रपति यादवले अस्पतालले दिएको सेवाको प्रशंसा गरेका थिए। त्यसलगत्तै राष्ट्रपति सैनिक अस्पताल छाउनी पुगेका थिए। भूकम्पबाट भवनहरु काम नलाग्ने अवस्थामा पुगेपछि छाउनी अस्पतालले सबै सेवाहरु त्रिपालमुनी नै दिंदै आएके छ। विभिन्न देशहरुले प्रदान गरेका त्रिपालहरुमा नै अस्पालले शल्यक्रियादेखि सबै सेवा सञ्चालन गरिरहेको छ। उक्त अस्पतालले १२ सय ८ जना घाइतेको अस्पतालमा नै राखेर उपचार गरेको थियो भने अझै ५२ जनाको उपचार भइरहेको छ।
राष्ट्रपति यादव पछिल्ला दिनमा भूकम्पबाट बढि प्रभावित काठमाडौं उपत्यकाको विभि

0 comments
प्रतिक्रिया दिनुश
Facebook