हाम्रो समय

सहमतिका लागि मध्यरात कुर्नुको कारण त यस्तो पो रहेछ




प्रकाशित मिति: 5:17:37 am, June 17, 2015
काठमाडौं,असार २ – १६ बुँदे सम्झौता गर्दा मित्रराष्ट्र भारतले कुनै प्रकारले सुइँको नपाओस् भन्नेमा चार प्रमुख दलका नेताहरु अत्यन्त सचेत बनेको जारकारीमा आएको छ । गत जेठको तेस्रो साता राष्ट्रिय सहमतिको सरकार निर्माण निम्ति जुटेका प्रमुख दलका नेताहरु संविधान बनाएर मात्र सरकार परिवर्तन गर्ने निष्कर्षमा पुगेका थिए ।

जेठ २० गतेभित्र सहमति बनाएर २१ गतेको संविधानसभा बैठकलाई उपलब्धिमूलक तुल्याउन कटिबद्द नेताहरुले जेठ २५ गते मध्यरातमा आठ प्रदेशको संघीयतामा जाने निर्णयसहित १६ बुँदे सम्झौता गरेका थिए । प्रमुखबाहेक अन्य नेताहरु सम्मिलित बैठकका सूचनाहरु विदेशीहरुसम्म सजिलै पुग्ने गरेबाट आजित बनेका उनीहरुले साता दिनअघि नै सबै विवादको टुंगो लगाएर सहमति बनाउने जिम्मा लिएका थिए । त्यसैले २५ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रमुखबाहेक दोस्रो, तेस्रो पुस्ताका अरु कुनै पनि नेताको सहभागिता थिएन । आफूहरु एकदम सुरक्षित भएको ठानेर सुशील कोइरालाले भने,‘विदेशीहरुले हामीभित्र खेल्ने मौका नपाउन, खासगरी भारतको भूमिकाबाट म हैरान छु ।’कोइरालाले यति भनेपछि गच्छदारले थप्ने मौका पाए । गच्छदारले निकै गम्भीर मुद्रा बनाएर भने,‘हामी कसरी सहमतिमा पुग्दै छौं भन्ने जानकारी भारतलाई नहोस्, राति अबेरसम्म बसेर भए पनि हामीले आजै सम्झौता गरिसक्नुपर्छ । भोलि भन्न थाल्यौं भने सम्झौता नहुन सक्छ ।’ आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook