बिमा कम्पनीलाई ठूलो धक्का, बिमाले ६ अर्बसम्म बेहोर्नुपर्ने
प्रकाशितमिति: काठमाडौं, जेठ ६ -
वैशाख १२ को विनाशकारी भूकम्पका कारण विकास चरणमा रहेको बिमा क्षेत्रमा पनि ठूलो धक्का पुगेको छ । भूकम्प र त्यसपछिका पराकम्पनले बिमा क्षेत्रमा मात्रै करिब २० अर्ब रुपैयाँबराबरको नोक्सानी पुगेको छ । प्रारम्भिक आँकलनअनुसार बिमा गरिएका संरचनामा पुगेको क्षति मूल्यांकन गर्दा समग्र बिमा क्षेत्रको नोक्सानी २० अर्ब रुपैयाँबराबरको देखिएको सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृ तकृ ष्णबहादुर बस्नेतले बताए । ‘यो प्रारम्भिक आँकलनमात्रै हो, पछि बढ्न पनि सक्छ’, उनले भने,‘यो नोक्सानीमा नेपाली बिमा कम्पनीहरुले बेहोर्नुपर्ने नोक्सानी भनेको न्यूनतम २ अर्बदेखि अधिकतम ६ अर्ब रुपैयाँसम्म हुनसक्छ ।’ बिमक संघका प्रथम अध्यक्षसमेत रहेका बस्नेतले बिमा कम्पनीहरुको जोखिम धारण गर्ने क्षमताअनुसार कसैको धेरै, कसैको थोरै नोक्सानी हुने बताए ।कु ल नोक्सानीमध्ये ७० देखि ९० प्रतिशतसम्म पनर्बिमा कम्पनीले बेहोर्ने भएकाले बिमा कम्पनीको दायित्वमा काम पर्ने उनको भनाइ छ, आजको कारोबार दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook