राष्ट्रिय चरा कुखुरा र जनावर खसी : सुझाव पढ्दापढ्दै खित्का छाडेर हाँस्छन् कर्मचारी
24th July 2015 | ८ साउन २०७२ |
काठमाडौँ: 'राष्ट्रिय चरा कु खुरा र राष्ट्रिय जनावर खसी राखिनुपर्ने, जसले गर्दा शाहाकारीको संख्या बढ्ने र जनताको स्वास्थ्य पनि राम्रो हुनेछ,' नयाँ संविधानका लागि संविधानसभा सचिवालयमा आएको एउटा सुझाव यस्तो पनि छ।
सचिवालय जनताबाट प्राप्त सुझाव प्रशोधन गर्ने कार्यमा व्यस्त छ। तरसचिवालयको सूचना प्रशोधनमा जुटेका कर्मचारी जनताको सुझाव पढ्दापढ्दै बेला बेला खित्का छाडेर हाँस्छन्। जनताबाट प्राप्त सुझावमा रमाइला विषय देखेपछि प्रशोधन गरिरहेका कर्मचारीहरुबीच हाँसो छाउँछ।
त्यसो त जिल्लाहरुबाट प्राप्त सुझावहरु पनि रमाइला छन्। काभ्रेमा महिलाले पनि बहु विवाह गरेर श्रीमान् घरमा ल्याउन पाउनुपर्ने सुझाव आएको थियो।
इन्टरनेटबाट प्राप्त सुझावमा समेत यस्ता विषय आएका छन्। सुझाव प्रशोधनमा व्यस्त रहेका संसद सचिवालयका अधिकृत प्रदीप नेपालले सुझाव देखाए- 'आवश्यकता अनुसार बहु विवाह गर्न पाउनुपर्छ तर बलात्कारी र भ्रष्टाचारीलाई हदैसम्मको कारवाही हुनुपर्छ।'
काभ्रेबाट जस्तैओखलढुङ्गाबाट पनि संविधानबारे रमाइलो सुझाव आएको सभासद् रामहरि खतिवडाले बताए। 'अरुको कु रा नसुन्ने र सुनेको कुरा नगर्ने राजनीतिज्ञको कान काटिदिनुपर्ने र बोलेको कु रा पूरा नगर्नेको जिब्रो काटिदिनुपर्ने', सुझाव आएको खतिवडाले देखाए।
यस्ता छन् सचिवालयमा इन्टरनेटबाटआएका सुझाव
सचिवालयमा आएका सुझावमा राजनीतिक दलका लागि निर्वाचनमा थ्रेस होल्ड राख्न र मन्त्री र सांसदको योग्यताको विषयमा धेरै प्रश्न उठको अधिकृ त नेपालले बताए। हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीयतामा प्रदेशको संख्या, समावेशिताको विषयमा पनि जनताले धेरै सुझाव पठाएको उनले बताए। तर कतिपय भने हलुका विषयवस्तु र व्यङ्ग्यात्मक सुझाव समेत सचिवालयमा आएको छ।
एकीकृ त नेकपा माओवादीले संविधानको मस्यौदा तयार गर्नु अघि नै हड्ताल गर्न पाउनुपर्ने विषय नसमेटिएको भन्दै फरक मतको रुपमा राखेको छ। तर संविधानसभा सचिवालयमा भने विपरित सुझाव आएको छ। सुझावमा भनिएको छ - 'जबरजस्ती बन्द हड्ताल गराउनेको क्रममा यातायातमा आगजनी गर्ने तोडफोड गर्ने वा गराउने लाई क्षतिपूर्तिसहित कडा भन्दा कडा कारबाही गर्ने।'
कतिपयले सुझाव पठाउनेहरु भने भावनात्मक देखिएका छन्। उनीहरुले शब्द प्रयोग गर्दा समेत सचेतता अपनाएको पाँइदैन। एकजनाले सुझावमा लेखेका छन् - '१५ वर्ष भन्दामुनिका बालिकालाई बलात्कार गर्नेलाई सार्वजनिक स्थानमा लगेर छाला तरेर मार्नुपर्ने ,१५ वर्षभन्दामाथि उमेर भएकालाई बलात्कार गर्नेलाइ सर्वस्वहरण सहित जन्मकै द अनि बलात्कारमा महिलाको मृत्यु भएउसलाई पनि सार्वजनिक स्थानमा मृत्युदण्ड दिनुपर्छ।'
नेपाल पत्रकार महासंघले प्रेस सम्बन्धि व्यवस्थामा भएका प्रतिबन्धात्मक वाक्यहरु हटाउन माग गर्दै सुझाव दिएको छ। तर ठिक विपरीत पत्रकारलाई कारवाहीको व्यवस्था संविधानमा नै गर्नुपर्नेसम्मका सुझाव समेत आएका छन्।
'पत्रपत्रिका, छापा, अनलाइन जुनसुकै माध्यमले समाचार प्रकाशित वा सम्प्रेषण गर्दा पुष्टि नभएका घटनाहरुलाई बढाई चढाई तथ्यहीन समाचार प्रकाशित गर्ने गरेकोले राज्यको चौथो अंगको रुपमा अधिकार पाएप्रेसको स्वतन्त्रता भन्दै तथ्यहीन समाचार प्रकाशित गर्नेलाई कारबाही गर्ने कि नगर्ने? समाचार सम्प्रेषण गर्दा आधार नखुलेका समाचार प्रकाशित भए त्यस्ता पत्रकार र प्रकाशकलाई कडाभन्दा कडा कारबाहीको अनिवार्य ब्यवस्था हुनुपर्ने,' एकजनाले सुझाव पठाएका छन्।
आर्थिक विषयहरुमा सचिवालयमा धेरै कम मात्र सुझाव आएका छन्। तर एकजनाले मुद्रा प्रयोगका विषयमा सुझाव दिदैँ जनता ठगिनबाट बच्ने तरिका सुझाएका छन्।
'नेपालमा पनि अमेरिकामा जस्तै एक पैसासम्मका पैसाहरु प्रयोगमा ल्याउनुपर्छ अनिमात्र सर्वसाधारण जनता ब्यापारीबाट लुट्नबाट बच्छ', सुझावकर्ताले पठाएको सुझावमा छ।
एक जनाले भने दलितलाई संविधानले प्राथमिकता दिएको तर गरिब बाहुन क्षेत्रीलाई प्राथमिकता नदिएको प्रतित हुने सुझाव पठाएका छन्। सुझावमा छ - 'दलितलाई घरजग्गा तर गरिब बाहुन क्षेत्री लाई के दिने हो?'

0 comments
प्रतिक्रिया दिनुश
Facebook