हाम्रो समय

पारस शाह नर्भिक अस्पतालमा भर्ना


Published On:  July 26, 2015 || 2072 श्रावण 10 आइतबार ,
काठमाडौँ १० साउन । पुर्व युवराज पारस शाह काठमाडौंको नर्भिक अस्पतालमा आज भर्ना हुनु भएको छ । मुटुमा समस्या देखिएपछि उपचारका लागि पारस शाह नर्भिक अस्पतालमा भर्ना हुनु भएको हो । मुटुमा समस्या देखिएपछि सोही अस्पतालमा पटक पटक मुटु परीक्षण गराइरहेका पारसलाई चिकित्सकहरुले पेस मेकर राख्न सल्लाह दिएपछि उहा अस्पताल भर्ना हुनुभएको हो। थाइल्याण्डमा बस्दा खेरीनै उहाको मुटुमा समस्या देखा परेको थियो। तीन वर्ष थाइल्याण्ड बसेर गत चैतमा स्वदेश फर्किनु भएका शाहा परिवार बाट बेग्लै बस्दै आउनुभएको छ ।


0 comments

प्रतिक्रिया दिनुश

Facebook