नेपाल बन्द घोषणा गरेर 'विप्लव' कतार र युएई भ्रमणमा
24th July 2015 | ८ साउन २०७२
कतारमा विप्लव
काठमाडौं: नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेपाल बन्द घोषणा गरेर खाडी मुलुकको भ्रमणमा छन्। उनको पार्टीले शुक्रबार नेपाल बन्दको आयोजना गरेको छ। देशमा बन्द घोषणा गरेर महासविच विप्लव भने खाडी मुलुकमा संगठन बनाउन लागेका छन्।
नेपाल बन्द गरेर उनी खाडी मुलुकमा रहेका नेपालीहरुलाई देशको सम्बृद्धिको बारे भाषण गर्न पुगेका छन्। भारत र चीनबीच भएको लिपुलेक सम्झौता, भूकम्पपीडितलाई बाँडिएको राहतमा भ्रष्टाचार र संविधानको मस्यौदाविरुद्ध उनको पार्टीले नेपाल बन्द घोषणा गरेको थियो। उनले साउन ३ गते कतारमा कतारको दोहास्थित भिल्लामा नेपाली जनप्रगतिशील मोर्चा कतारको पाँचौं अधिवेशनको उद्घाटन गरेका थिए। अधिवेशनबाट मोहन केसीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन भएको छ। उनले कतार पुगेर
कतारपछि आज शुक्रबार बिहानै उनी दुबई पुगेका छन्। उनी शुक्रबार बिहान दुबईको वेलकम टु होटेलमा पार्टीको कार्यक्रममा सामेल भएका छन्। यूएईका विभिन्न ठाउँबाट आएका नेपालीहरुको भेलामा उनले रमेश गिरीको अध्यक्षतामा २१ सदस्यीय जनप्रगतिशील मोर्चा यूएई गठन गरेका छन्। दुबईमा पुगेर उनले वर्तमान राजनीतिक निकासका लागि सहमति या निकास दुईटा बाटा मात्र भएको बताए। उनले दलहरुका कारण निकासको सम्भावना क्षीण हुँदै गएकोले संसदवादी दलहरुले बेलैमा सोच्नुपर्ने बताए।
यता उनको पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण राजधानी लगायत देशका विभिन्न ठाउँ ठप्प छन्। बन्दका क्रममा नेकपा माओवादीका नेता तिलक परियार, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित हालसम्म ५२ जनालाई उपत्यका ठाउँठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी गराए।
बन्दका कारण, काभ्रेको बनेपा, धुलिखेल, हेडौँडामा पनि प्रभाव परेको छ। बन्दका कारण बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायतका भित्री बजारसमेत पूर्ण रुपले प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook