हाम्रो समय

भारत हुँदै युएई जनालागेका ७ नेपाली युवती पक्राउ

काठमाडौं, साउन ७– भारतको बाटोहुँदै युएई जान लागेका ७ जना नेपाली युवती भारतमा पक्राउ परेका छन् । नक्कली राहदानी तथा कागजात बनाएर दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने तयारीमा रहेका युवतीलाई भारतीय प्रहरीले पक्राउ गरी अध्यागमन विभागलाई बुझाएको हो । पक्राउ पर्नेमा पुजा तामाङ, मालती राई, लक्ष्मी राई, उमा भुजेल, शर्मिला थापा, शोभाकु मारी परियार र कृष्णादेवी रहेका छन् ।





भारतीय प्रहरीका अनुसार एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनिषलाई पनि पक्राउ गरिएको छ। नेपाली युवतीलाई युएई उडाउने प्रवन्धमिलाइएको अभियोगमा उनीहरु पक्राउ परेका हुन्

0 comments

प्रतिक्रिया दिनुश

Facebook