भतिजालाई विष खुवाउने काकी पक्राउ
खोटाङ, साउन १२ - भतिजालाई विष खुवाउने खोटाङकी एक महिला पक्राउ परेकी छन् । जेठाजुका चार वर्षीय छोरा युशन भट्टराईलाई विष खुवाउने दोर्पा चिउरीडाँडा–७ की २२ वर्षीया विमला भट्टराई पक्राउ परेकी हुन् ।
घरमा जेठाजुसँग विवाद भएपछि सँगै विद्यालय गएका भतिजालाई मुसा मार्ने विष खुवाउने विमलालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो – “विमलाले भतिजालाई मार्ने उद्देश्यले मुसा मार्ने विष खुवाएको बताएकी छिन्, त्यसैले उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।”
घरमा भएको विवादपछि उनले आइतबार दिउँसो विद्यालयमै मुसा मार्ने विष खुवाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विष खुवाइएका युशनको जिल्लामा उपचार हुन नसके पछि हेलिकप्टरमार्फ त काठमाडौं पुर्याइएको छ ।
काठमाडौंको कान्ति बाल अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको बुबा युवराजभट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो – “यहाँ नल्याएको भएत बितिसक्ने रहेछ अहिलेसम्म बेहोस अवस्थामा छ, डाक्टरहरुलाई सोध्दा खतरामुक्त रहेको जानकारी दिएका छन् । अहिले आँखासम्म खोल्न थालेको छ ।”
स्थानीयवासीका अनुसार विमला युशन पढ्ने सोही गाविसको सिर्जनशील बोर्डिङ स्कुलका शिक्षिका हुन् । उनले खाजा खाइसकेपछि ड्युको बोतलमा मुसा मार्ने विष घोलेर खान दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घरमा बुबासँग भएको अंश विवादपछि बुहारीले यस्तो व्यवहार गरेको पीडित बालकका बुबा युवराजले बताउनुभयो । उहाँले भन्नुभयो – “यसअघि बुबाले हामी छोराहरुको नाममा नभई कान्छी बुहारीको नाममा जग्गा पास गर्ने तयारी गर्नुभएको रहेछ, त्यो कुरा मैले थाहा पाएपछि मालपोत कार्यालयमा गएर रोक्का गरेँ त्यसैको झोंकमा बुहारीले मेरो नाबालक छोरालाई विष खुवाइदिइन् ।”
युशन आफ्नो एकमात्र सन्तान भएको युवराजले बताउनुभयो । उहाँले भन्नुभयो – “तीनवटी श्रीमतीको एउटा छोरा, त्यो पनि यस्तो अवस्थामा हुँदा दुःख लागेर आउँछ ।” स्थानीयवासीका अनुसार दोर्पाचिउरीडाँडा–७ का रामप्रसाद भट्टराईका छ भाइ छोरा छन् । तीमध्ये कान्छा छोरा मोहन भट्टराई र बुहारीसँग उनी बस्दै आएका छन् । रासस

0 comments
प्रतिक्रिया दिनुश
Facebook