हाम्रो समय

बन्दकाकारण सडक बन्योफुटबल मैदान

नेकपा माओवादी बिप्लब समूहले आब्हान गरेको नेपाल बन्दको प्रभाब रुपन्देहीमा पनि दिनभर पर्‍यो।माओवादी विप्लब समूहको केहि प्रभाव मानिएको रुपन्देहीको बुटवल भैरहवा लगायतका क्षेत्रमा बन्दको कारण जनजीवन प्रभावित बन्यो।

बन्दका कारण बिहानैबाट बुटवल लगायत आसपासको क्षेत्र सुनसान बने। सडकमा बन्द आव्हान कर्ताहरुको खासै नदेखिएपनि बुटवलबाट छु ट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सके नन्।

पसल,व्यबसाय, स्कुल, कलेज पनि चल्न सकेनन्। भारत रचीनबीच भएको लिपुलेक सम्झौंता, देशमा मौलाएको भ्रष्टाचारएवं कमिसन र केहि दलका विचमा भएको सहमतिका आधारमा ल्याउन लागिएको संविधानलाई रोक्न भन्दै नेपाल बन्द गरिएको नेकपा माओवादीले जनाएको छ।

दिनभरसवारी साधनका कारण व्यस्त रहने राजमार्गमा आज भनेबालबालिकाले फुटबल मैदानको रुपमा प्रयोग गरे। बन्दका कारण सवारी साधन चल्न नसकेपछि सडकमा बालबालिकाहरु खेलेरबन्दको सदुपयोग गरेका देखिन्थे।

अरु दिन विद्यालय जान रपठनपाठनमा व्यस्त रहने बालबालिकाहरु आज बिहानैदेखि सडकमा खेलेर बिताए। बुटवलका कालिकानगर, राजमार्ग चौराह, मिलनचोक लगायतका ६ लेन सडकमै बालबालिका सँगै युवाहरु समेत फु टबल क्रिकेट खेलेका देखिन्थे।

सडकछेउछाउपसल व्यवसाय गर्नेहरु पनि सडकमा बालबालिका खेलेको हेरेर समय विताएको देखिन्थे। बालबालिकाहरुले आजको बन्द माओवादीले गरेको भन्ने थाहा भएपनि किन बन्द आव्हान गरियो भन्ने थाहा नभएको बताए।

बन्दको प्रभाव अस्पतालहरुमा पनि परेको छ।लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बन्दका कारण विरामीहरु आउन नसक्दा अस्पताल सुनसान देखिन्थ्यो।सधैभरी बिरामीहरुको भीडलाग्ने अस्पताल लाईनका क्लिनिक तथा निजी अस्पताल समेत आज सुनसान थिए।

सटर बन्द गरी च्यानलगेट थोरैमात्र खोली निजी अस्पतालले सेवा संचालन गरेपनि क्लिनिकहरुका सटरमा ताला लगाईएको थियो। जसले गर्दा टाढाबाट आएका विरामीहरुले सास्ती पाएका छन्। खुट्टा भाँचिएर अञ्चल अस्पतालमा उपचारको लागि आएकी बुटवल दिपनगरकी गिता पौडेलले अस्पतालसम्म आउन निकै सास्ती बेहोर्नु परेको गुनासो गरिन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook