न्युजिल्यान्डका नेपालीले भूकम्पपीडितलाई गरे सहयोग
गुल्मी, ८ साउन । गुल्मीको वामी गाउँ विकास समिति वडा नं २ मा रहेको भूकम्पपीडित विद्यालय महेन्द्र आदर्श उच्च माध्यमिकविद्यालय वामीटक्सारलाई गैरआवासीय नेपाली संघ न्युजिल्यान्डले नगद पाँच लाख आर्थिक सहयोग गरेको छ ।
भूकम्पले विद्यालयको आठकोठे भवन पूर्ण क्षतिग्रस्त भएकाले विद्यालयको भवन पुनःनिर्माणका लागि हाल रोजगारीको सिलसिलामा न्युजिल्यान्डमा रहनुभएका वामी गाविस वडा नं ३ परुवा निवासी घनश्याम सापकोटाको पहलमा एनआरएनए न्युजिल्यान्डले विद्यालयलाई आर्थिक सहयोग गरेको विद्यालयका प्राचार्य भीमलाल सापकोटाले जानकारी दिए।
उनले उक्त रकमबाट विद्यालयले अस्थायी टहरा निर्माण गर्ने र यसबाट पठनपाठन सञ्चालनमा सहयोग पुग्ने आशा व्यक्त गरे ।यस्तै, विद्यालयलाई सहयोग गरेकोमा विद्यालयका प्राचार्य भीमलाल सापकोटाले सहयोगी संस्थालाई धन्यवाद दिएका छन् । रासस

0 comments
प्रतिक्रिया दिनुश
Facebook