हाम्रो समय

७२ घन्टाभित्रमर्छ भनिएका व्यक्ति नेपालआएर बाँचे






काठमाडौं:'तपाईंको सबै आन्द्रा कुहिएकोछ डाक्टरत्यही भन्छन्,आफ्नो देशफर्क ने मनछ भने हामीभोलिनै पठाइदिन्छौं,'आफू काम गर्दै आएको कम्पनीका सुपरभाइजरले यसो भन्दा अफगानिस्तानको काबुलस्थित एक अस्पतालकोशय्यामापेटदुखेर लडिरहेका लमजुङका खड्कसिंह गुरुङको बोली बन्द भयो।

२४ सै घन्टाआतंककारीसँग जुध्ने कामपाउँदा पनि मनोबल नगुमाएका सेक्युरिटी गार्ड गुरुङले सुपरभाइजरको कुराबाट आफू धेरै नबाँच्ने संके त पाए र आडैमा रहेकाआफन्त र नेपाली साथीलाई हेर्दै बर्ररआँसु झारे।के ही दिनपछि आफैंलाई समाल्दै साथीसँग गुरुङले भने,‘मर्नु नै छ भने जन्मभूमिमै मर्छु,अर्काको देशमाकिन मर्ने ?मैले नेपाल जाने निर्णयगरिसकें ।'

तर नेपाल फर्क नुअघि उनीथला परे, सुन्नेमात्रै जबाफ फर्काउननसक्ने अवस्थामापुगे।त्यहाँका चिकित्सकले गुरुङको आन्द्रा पूरै कुहिएको भन्दैशल्यक्रिया गर्दागर्दैबन्द गरेका थिए। आन्द्राकुहिएकाले‘४८ देखि ७२ घन्टाभन्दा धेरैउनी बाँच्दैनन्,जीवनका अन्तिमक्षण आफ्नो परिवारसँग बिताउनु राम्रोहो'भन्दैत्यहाँबाटनेपालको ग्रान्डी इन्टरनेसल हस्पिटलमा रेफरगरियो।

गुरुङको रिपोर्ट हेरेपछि उनी बाँच्ने आसपरिवारका सदस्यले समेत मारेका थिए।उनको रिपोर्ट हात परेपछि ग्रान्डी अस्पतालकाग्यास्ट्रोसर्जनडा.रोके श शाहले बिरामीलाई आफैंले निरीक्षण गरीरगत जाँचगर्न पठाए। गुरुङसँगैआएको अफगानिस्तानस्थितअस्पतालकोरिपोर्ट रयहाँको रिपोर्टमा फरक पाइयो।

डा.शाहनेतृत्वको टोलीलेशल्यक्रियागरेर हेर्दा गुरुङकासबै आन्द्राकुहिएका थिएनन्।बाँकी रहेका स्वस्थ आन्द्राबाट पनि उनीबाँच्ने सम्भावना प्रशस्तथियो।निकै मेहेनत गरेर चिकित्सक टोलीले कुहिएका आन्द्रा निकाले रके ही समयपछि स्वस्थ रहेका आन्द्रा जोडिदिए।

'रिपोर्ट हेर्दार बिरामीलाई जाँच्दाके ही गडबडी छ जस्तो लाग्यो। यहाँको रिपोर्टले पनि त्यसको पुष्टि गर्‍यो,' डा.शाहले अन्नपूर्णसँग बुधबारभने,'बिरामीका आफन्तको मञ्जुरीमा शल्यक्रिया गर्‍यौं ।अन्ततः ४८ देखि ७२ घन्टाभित्र मर्छ भनिएकाबिरामी बाँच्नुभयो।'

डा.शाहका अनुसारगुरुङ अब सामान्य मानिससरह बाँच्न सक्छन्। शल्यक्रिया गरेको के ही दिनमै गुरुङको अनुहार पनि फे रिएको छ। उनको परिवारमा समेत खुसी फर्कि एको छ।

'नेपालमा पनि यस्तो ठूलो उपचार हुन्छ भन्ने मलाई यसअघि जानकारी थिएन। म राम्रो डाक्टर र अस्पताल फे ला पर्दा बाँचें,।' -खड्कसिंह गुरुङ

'मधनकमाउनगएको अनिमरेरफर्कि एको मान्छे, मलाई बचाउनडा. शाहले मेरोउपचारमात्र गर्नु भएन, मेरो आत्मबलपनिबढाइदिनुभयो।अब त मबाँच्छु भन्ने लाग्छ,' गुरुङलेभने,'उहाँलाई नै मैले भगवान्ठानेको छु ।'

गुरुङलेआफ्नोजस्तो समस्या अफगानिस्तानमा कामका लागि पुगेका धेरैनेपालीले भोग्नुपरेको बताए। अफगानिस्तनमाउनी रउनका साथीले तनहुँका एकजना भूतपूर्वनेपाली सेनालाई प्यारालाइसिसहुँदाचारलाख रुपैयाँ जम्मा गरेरउपचारका लागि नेपाल पठाएका थिए।

'कोही क्यान्सरभएरफर्क न्छन्, कोही हातखुट्टानचल्ने भएर फर्क न्छन्',गुरुङलेभने,'मैले कहिल्यै सोचेको थिएन मपनि यस्तो अवस्थामा पुग्छु होला भन्‍ने।म तभाग्यमानी रहेछु , मलाई कम्पनीले उपचारगरिदिएको थियो।'गुरुङको उपचारमाउनी कामगर्ने कम्पनीले९०लाख रुपैयाँ खर्च गरेको छ।

आतंककारीलेहमला गर्दा गुरुङ काम गर्ने कम्पनीमारहेका नुवाकोटरबागलुङकादुई नेपालीलेज्यान गुमाएका छन्। अफगानिस्तानमासातवर्ष बिताउँदा उनी पनिपटकपटक आतंककारीसँगको भिडन्तमा परेका थिए। 'ठाउँ मरुभूमिजस्तैछ।सुरक्षागार्डबाहेक अरू कामपाइँदैन।

१२ देखि १५ घन्टा राइफल, हेलमेट,फलामकोबडी आर्मरकासाथमा उभिनुपर्छ।खाना रआरामको ठेगान हुँदैन,' उनले भने, ‘जतिबेला पनिदुस्मनसँग लड्नुपर्ने भन्ने मानसिक त्रास पनि हुन्छ।'

चिकित्सकका अनुसार युद्धग्रस्त मुलुकमा कामका लागि पुगेर फर्क ने नेपालीमाकुनै नकुनै समस्या देखिनथालेको छ। 'बिरामी भएपछि उपचार गराउने ठाउँ रउपयुक्त चिकित्सक समयमैभेट्नुपर्छ, विदेशमा नेपालीकालागि यो सबै सम्भव छैन, त्यही भएरपनिकतिपययुवा थलापरेररभएको रकम पनि सके रमात्र नेपालपर्क न्छन्', डा.शाहलेभने।

डा.शाहकामकालागि विदेश पुगे पनिउपचारका लागि त्यहाँ भौंतारिनुभन्दा समयमै आए नेपालमा सबैकिसिमको उपचार सम्भव भएको बताउँछन्।'नेपालमापनि यस्तो ठूलो उपचार हुन्छ भन्ने मलाई यसअघि जानकारी थिएन।

मराम्रोडाक्टर रअस्पतालफे ला पर्दाबाँचें,' गुरुङले विदेशमारहेकानेपालीप्रतिसंके तगर्दै भने, 'तपाईंलाई पनि कुनै समस्या देखिएको छ भने विदेशी अस्पताल नधाउनुहोस्, नेपाली डाक्टरको विश्वासगरेर नेपाल फर्क नुहोस्, यहीं उपचारगर्दा बाँचिने रहेछ।'

0 comments

प्रतिक्रिया दिनुश

Facebook