निगुरोबेचेरखाद्यान्नको जोहो
हरेक दिन बिहान झोलामा खाजा बोके र५३ वर्षीय नरबहादुरकार्की र कमला कार्की निगुरो खोज्न जङ्गलतर्फ हानिन्छन् । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सीमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरो बचेरैउनीहरुले खाद्यान्नको जोहो गर्ने गरेका छन् ।
कार्की दम्पत्तिमात्र होइन डाँगीहाट–४ मोरङकी ४८ वर्षीया पद्मामाया गुरुङ, १० वर्षीय दिवस पुरी, ६८ वर्षीया फू लमाया धिमाल, मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उनकी जीवन सङ्गिनीले सोममाया तामाङलगायत झन्डै ४०० सर्वसाधारणको दिनचर्या यसरी नै बितिरहेको छ ।उनीहरुले टिपेको निगुरो मोरङको उर्लाबारीको महेन्द्र राजमार्ग सडकखण्डदेखि बेलबारीसम्मको सडकको छेउछाउमा बिक्री गर्न थालिने गरेको छ। सामान्यतया महिला र पाकाहरूले दैनिक १०० मुठा रबालबालिकाले ५० मुठासम्म निगुरो खोज्छन् र ठेके दारलाई प्रतिमुठा १० रुपैयाँका दरले बेच्छन् ।
श्रीमानले कान्छी श्रीमती ल्याएपछिजीवनबाट निरास भएकी डाँगीहाट–४ मोरङकी ४८ वर्षीया पद्मामाया गुरुङ निगुरोको सहारामा जीवन धानिरहेकी छन्। पद्मामाया भन्छिन्, “दैनिक ५०÷६० मुठा निगुरो खोज्छु र बिक्री गर्छु ।” चौध वर्षीय देवराज गुरुङले आमा पद्मामायालाई सहयोग गरिरहेका छन् ।दश वर्षका दिवसपुरीलाई पनि शनिबार कहिले आउला जस्तो लाग्छ । शनिबार उनी आमासँग निगुरो खोज्न जान्छन् र चार वटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्कतिर्छन् । ६८ वर्षीया फू लमाया धिमाल विगत चार दशकदेखि निगुरोबाट नै जीवन धानिरहेकी छन् ।
त्यस्तै मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उनकी जीवन सङ्गिनी सोममायाको दिनचर्या अचेल निगुरो टिप्नमा नै बित्ने गरेको छ ।यो वर्ष ढिलो पानी परेकाले जङ्गलमा निगुरो पनि ढिलो गरी पलायो । त्यसैले उनीहरूलाई वर्षभरि जाउलो खाने खर्च जुटाउन नसकिएला कि भन्ने चिन्ता छ ।निगुरो ठेक्का गरेरलाने छजना ठेकदारमध्ये भिम चापागार्इं सबैभन्दा पुराना हुन् ।भन्छन्, “विसं २०३६ देखि बाबुले यो पेसा गर्थे ।यही पेसाबाटघर चलेको थियो रचलिरहेको छ ।”
महेन्द्र राजमार्गको भाउन्ने–लक्ष्मीमार्ग सडकखण्डमा सङ्कलन भएको निगुरो विराटनगर, धरान र विर्तामोडसम्म पुग्ने गरेको छ। ठेकदारकु मारराना भन्छन्, “मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ। अघिल्ला वर्ष काठमाडौँ,पोखरासमेत जाने निगुरो हाल कम सङ्कलन भएकै कारण उता पठाउन सकेका छैनौँ।” झन्डै४५० परिवारको दैनिक घर खर्चमात्र चलेको छैन आठ÷नौ महिनाका लागि खाद्यान्नको जोहो पनि निगुरोकै आम्दानीले गरिदिएको छ।
निगुरोको व्यावसायिक तरकारी खेती गर्दा अझ उपयुक्त हुनेजिल्ला कृषि विकास कार्यालय मोरङको भनाइ छ। रासस
0 comments
प्रतिक्रिया दिनुश
Facebook